फ्रान्सबाट बेलायत जाने जोखिमपूर्ण समुन्द्र पार गर्ने क्रममा अर्को त्रासदीमा ५ जनाको मृत्यु भएको छ ।
उत्तरी फ्रान्सबाट खतरनाक इंगलिस च्यानल ( नहर/समुद्र)पार गर्न खोज्ने आप्रवासीहरू आइतबार पाँच व्यक्तिहरु मृत अवस्थामा फेला परेको प्रहरी अधिकारीहरूले बताएका छन्।
अँध्यारो र जाडोको चिसोमा एक आप्रवासी डुङ्गा कठिनाइमा परेपछि मृत्यु भएको र अन्य दर्जनौं व्यक्तिको उद्धार गरिएको छ । उक्त क्षेत्रमा डुब्ने, डुब्नु र अन्य कहिलेकाहीं घातक घटनाहरू प्रायः भीडभाड र कमजोर डुङ्गाहरूमा सवार र व्यस्त समुद्री मार्गमा बारम्बार हुने एबिसीन्यूजले जनाएको छ ।
जाडोले तापक्रम निकै तल झरेको छ भने समुद्रमा अत्यधिक कडा चिसो बढेको छ ।
इङ्लिस च्यानल (अंग्रेजी नहर )र उत्तरी सागरका लागि फ्रान्सेली सामुद्रिक अधिकारीहरूका अनुसार आप्रवासीहरू बोकेको डुङ्गा आइतवार बिहानै फ्रान्सेली तटीय गाउँ विमेरेक्स को समुद्र तटमा कठिनाइमा देखिएको थियो ।
त्यहाँ पाँच जना मृतकहरू समुद्रबाट फेला परेको समुद्री अधिकारीहरूले एक विज्ञप्तिमा भने। फ्रान्सेली नौसेनाको उदग्रबिमान (हेलिकप्टर) र धेरै उद्धार जहाजहरू खोजीमा संलग्न भएका थिए ।
उद्धार सेवाहरूले ३० भन्दा बढी अन्य आप्रवासीहरूलाई मद्दत पुर्याएका थिए जो पल्टिएको डुङ्गाबाट किनारमा फर्केका थिए। उद्धार टोलीले समुद्र तटमा अचेत अवस्थामा फेला परेको एक व्यक्तिलाई समेत उद्धार गरेका थिए ।
फ्रान्सेली बन्दरगाह बोलोन-सुर-मेरमा गम्भीर अवस्थामा फेला परेकालाई अस्पताल भर्ना गरियो। अर्को व्यक्तिलाई गम्भीर हाइपोथर्मिया(अल्पताप)को लागि उपचार गरिएको थियो। प्रहरीका अनुसार मारिएका पाँच जना सिरियाली नागरिक रहेका थिए ।
अधिकारीहरूले अन्य तटीय निगरानी र उद्धार कार्यहरू भइरहेको बताए तर तत्काल कुनै विवरण नदिएको एबिसीन्यूजले उल्लेख गरेको छ ।
विशेष गरी जाडोको मध्यमा अनिश्चित र क्षमता भन्दा ज्यादा मानिस भरिएको डुङ्गाहरूको लागि यो एक विशेष खतरनाक क्षेत्र हो, समुद्री अधिकारीहरूले वक्तब्यमा चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया