मेरिल्याण्डका पूर्व गभर्नर होगनद्वारा भारतीय मूलकी राष्ट्रपतिका उम्मेदवार हेलीलाई समर्थन

इनेप्लिज २०८० पुष २९ गते १८:३७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यका पूर्व गभर्नर ल्यारी होगनले भारतीय मूलकी निक्की हेलीलाई राष्ट्रपतिका लागि समर्थन गरेका छन् । पूर्व गभर्नर होगनले आइतवार आयोवा ककसको अघिल्लो दिन निक्की हेलीलाई रिपब्लिकनहरुको राष्ट्रपतिको दौडमा समर्थन गरेका हुन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवा जित्नेछन् भन्ने कुरा “धेरै स्पष्ट” छ, तर नोभेम्बरमा उनलाई बलियो उम्मेदवार बनाउन “निक्की हेलीसँग सबै गति छ” ,उनले भने । “यो दौड भनेको नोभेम्बरको लागि सबैभन्दा बलियो सम्भावित उम्मेदवार मनोनयन गर्ने प्रयास गर्नु हो,” होगनले सिएनएनको “स्टेट अफ द युनियन” नामक अन्तर्वार्तामा भने।

“म निक्की हेलीको गतिमा विश्वस्त छु,” उनले थपे। हेलीले सम्भवतः न्यू ह्याम्पशायरमा र त्यसपछि उनको गृह राज्य साउथ क्यारोलाइमा जित्ने कुरा औलाए । “मलाई लाग्छ कि हामी नोभेम्बरमा सबैभन्दा बलियो सम्भावित उम्मेदवार पाउन चाहन्छौं। मत सर्वेक्षणमा निक्की हेली देखाउछ । उनी जो बाइडेनभन्दा १७ अंकले अगाडि छिन् ।

“म सम्भावित बलियो रिपब्लिकन उम्मेदवार बनाउने प्रयासमा केन्द्रित छु, त्यसैले म सबैलाई निक्की हेलीको पछि लाग्न आग्रह गर्दैछु,” उनले भने।

प्रतिक्रिया