३०२ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अमेरीकामा भव्य रुपमा सम्पन्न

इनेप्लिज २०८० पुष २९ गते ०:२२ मा प्रकाशित

हिजो जनवरी १२ तारिक शुक्रवारका दिन मेरील्याण्डको बाना हलमा ३०२ औं श्री ५ वडामहाराजधिराज सरकारको जन्म जयन्ती साथै राष्ट्रिय एकता दिवस पानस मेरील्याण्ड च्याप्टरले एक समारोहका बिच पारस मणी श्रेष्ठको अध्यक्षतामा मनायो । प्रमुख अतिथीमा विश्वहिन्दु महासंघ अमेरीकाका महा सचिव साथै हिमानी ट्रष्ट भर्जिनिया च्याप्टर एम्वासेडर तथा नेपाली अमेरीका कम्युनिटी सेन्टरका ट्रष्टी अध्यक्ष अरुण रुपाखेती हुनु हुन्थ्यो भने अतिथीमा बा नाका सभापति सुवोध विलास पन्त हुनुहुन्थ्यो ।

अन्य संघ संस्थाका महानुभावहरुमा नेपाली जन सम्पर्क समिती मेरील्याण्ड च्याप्टरका सभापती राजेन्द्र रेन्चुरी मेरील्याण्ड च्याप्टरका एनआरएनएका सभापति कुल गुरुंग इनासका अध्यक्ष राहुल केसी, गोरखा समाजका अध्यक्ष अपार श्रेष्ठ, नेपा समितीका सभापती विक्रान्त श्रेष्ठ, रास्वपा अमेरीकाका संयोजक रमेश भट्ट, हिन्दु वुध्द्ध मन्दिरका सचिव तरुण पौडेल, लायन्स क्लव अफ मेरील्याण्डका फाउण्डर सभापती वैखुण्ठमान श्रेष्ठ, इनास मेरील्याण्डका उपाध्यक्ष दिलीप श्रेष्ठ, बयोवृद्ध अम्वर श्रेष्ठ लगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य दिनुका साथै श्री ५ वडामहाराजधिराजका बारे प्रकाश पार्दै आजको दिनमा देशमा भैरहेको अनेकतामा एकता कायम गर्नु पर्नेमा पनी व्यापक विषयको उठान गरियो ।

बक्ताहरुले श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाह राजा मात्र नभई प्राकृतिक सनातन हिन्दु धर्मको संरक्षक पनि थिए र उनले विषे नगर्ची, वज्रयानी, महायानी तथा वौद्ध गुरुहरुको सल्लाहमा मुसलमान दाजुभाईहरुबाट निर्मीत हातहतियार तथा राई, लिम्वु, तामांग, मगर जस्ता अनेकौ जनजातीहरुलाई मिलाएर वनाईएको पृथ्वी सेनाद्धारा राज्य एकीकरण गरी जातजाती धर्म, भाषा आदीलाई कुनै पनि भेदभाव नगरेकोले उहाँको जन्म जयन्ती पानसले मात्र हैन आगामी दिनहरुमा काँग्रेस, कम्युष्टि, माओवादी सवै दलहरुले मनाउन जरुरी छ भन्ने विषयमा छलफल गर्नुका साथै श्री ५ पृथ्वी नारायण शाह भएरनै नेपाल र नेपाली भएर वाँच्न पाएका छौ । सात समुन्द्र पारी भावनाको देहमा हामीले श्री ५ वडामहाराजधिराज पृथ्वी नारायण शाहलाई सम्झेर यसरी कार्यक्रमको आयोजना गर्नु गौरवको विषय हो । हरेक नेपालीले आजको दिन श्री ५ प्रति श्रद्धा सुमन अर्पण गर्नै पर्दछ र जसले आज हामीलाई विश्वसामु नेपाल देश र नेपाली भएर बाच्ने सौभाग्य दिएको छ भन्ने कुरा प्रकट गर्नु भयो ।

स्वागत मन्तव्य पानस अमेरकिाका उपाध्यक्ष केमीका भण्डारीले गर्नु भएको थियो भने कार्यक्रम पानस अमेरीकाको महिला संयोजक राधा शर्माले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा चियापानको बवस्था पनि गरीएको थियो ।

प्रतिक्रिया