भर्जिनियाको एनाडेल माध्यमिक बिद्यालय भित्र भएको यौन आक्रमण पछि १७ वर्षीय विद्यार्थी हिरासतमा

इनेप्लिज २०८० पुष २८ गते २१:१६ मा प्रकाशित
This image has an empty alt attribute; its file name is annadale-high-school.jpg

अमेरिकाको भर्जिनिया राज्यको एनाडेल माध्यमिक बिद्यालय भित्र भएको यौन आक्रमण पछि १७ वर्षीय विद्यार्थीलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।

फेयरफाक्स काउन्टी प्रहरी विभागका अनुसार गत शुक्रबार एनेक्लिक्स हाई स्कूल(माध्यमिक बिद्यालय)मा किशोरीलाई यौन आक्रमण गरे पछि १७ बर्षिय विद्यार्थी यौन अपराधको आरोपमा पक्राउ परेका छन् ।

फेयरफ्याक्स प्रहरी काउन्टी प्रहरीले जारी गरेको छापा विज्ञप्ति अनुसार किशोरीलाई बिद्यालय भित्र बलात्कार गरिएको बताइन । प्रहरीका अनुसार बिद्यालयको सिढीमा उनि बलात्कृत भएकी थिइन् ।

ती किशोरी उनको यौन आक्रमणकर्ताबाट भाग्न सफल भएको फेयरफ्याक्स प्रहरीले बताए । गत शुक्रबार १७ बर्षिय आरोपीलाई प्रहरी अधिकारीहरुले आरोप लगाएका छन् । किशोरलाई फेयरफ्याक्स काउन्टीमा हिरासतमा राखिएको छ। प्रहरीका अनुसार दुवै जना नाबालिग रहेका छन् ।

प्रतिक्रिया