तामाङ्ग समाज ग्रेटर वाशिंगटनले ल्होछार परम्परागत पूजाको आयोजना गर्दै

इनेप्लिज २०८० पुष २८ गते १५:१० मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित प्रतिष्ठित संस्था तामाङ्ग समाज ग्रेटर वाशिंगटनले ल्होछार परम्परागत पूजाको आयोजना गर्ने भएको छ ।

आगामी अर्को महिना फेब्रुअरी ४ का दिन भर्जिनिया राज्य कै फेयरफ्याक्स स्थित ड्रिकुङ्ग धर्म सुर्य सेन्टरमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रम बिहान ११ बजे देखि ४ बजे सम्म हुने समाजकी महासचिव रोजी तामाङ्गले ईनेप्लिजलाई बताइन ।

उक्त परम्परागत पूजा लामा छिरिङ्ग तथा उनको टोलीले ग्याप्सी पूजा ,मोलाम् पूजा ,लुङ्गदार पूजा गर्नेछन् । उक्त प्रार्थना सभामा उपस्थितिको लागि सबैलाई आह्वान गरिएको छ ।

ल्होछार नयाँ बर्षको आगमनको साथै यो पूजा बिशेष बौध धर्मावलम्बीहरुका लागि ग्रह दशा फ्याल्ने परम्परा रहेको छ ।

प्रतिक्रिया