कोलम्बियामा ८ अमेरिकीको “शङ्कास्पद मृत्यु” पछि अमेरिकाद्वारा प्रेम तिथी निर्धारण अनुप्रयोग( डेटिग एप )प्रयोग नगर्न चेतावनी 

इनेप्लिज २०८० पुष २७ गते १७:५६ मा प्रकाशित

कोलम्बियामा ८ अमेरिकीको “शङ्कास्पद मृत्यु” पछि अमेरिकाले डेटिङ एप( प्रेम तिथी निर्धारण अनुप्रयोग) नगर्न चेतावनी दिएको छ।

दक्षिण अमेरिकी देशमा अमेरिकी नागरिकहरूको धेरै “शङ्कास्पद मृत्यु” पछि कोलम्बियाको यात्रा गर्दा यस्ता अनुप्रयोग( एप) प्रयोग नगर्न अमेरिकी यात्रीहरूलाई विदेश विभागले चेतावनी जारी गरेको छ।

जनवरीदेखि कोलम्बियालाई अपराध, आतंकवाद, नागरिक अशान्ति र अपहरण जोखिमका कारण अमेरिकीहरूले “यात्रामा पुनर्विचार गर्न” भन्ने देशको नाम दिइएको छ।

 देशका केही क्षेत्रहरू, यसको सीमा क्षेत्रहरू सहित,”यात्रा नगर्न आग्रह गरिएको छ।

कोलम्बियामा  प्रेम तिथी निर्धारण अनुप्रयोग (डेटिङ एप्स )प्रयोग गर्ने बारे सल्लाह बुधवार साझा( शेयर) गरिएको थियो। 

नोभेम्भर १ देखि डिसेम्बर ३१ , २०२४ को बीच मेडेलिन जो  कोलम्बियाको दोस्रो ठूलो सहरमा ८ जना  अमेरिकी नागरिकहरूको संदिग्ध मृत्यु” भएको थियो।

अपराधीहरूले पीडितहरूलाई भोजनालय, चमेनागृह  जस्ता सार्वजनिक स्थानहरूमा भेट्न प्रलोभन दिन प्रयोग गर्ने गरेको सिविएसले समाचार लेखेको छ ।

प्रतिक्रिया