भर्जिनियाको फेयरफ्याक्समा नेपालीहरुले बास्केटबल खेल नि:शुल्क खेल्न पाउने

इनेप्लिज २०८० पुष २७ गते २:५० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा नेपालीहरुले बास्केटबल खेल खेल्न पाउने ठाँउको अनुमति पाएका छन् । भर्जिनियाको ब्राडक रोड स्थित मट कम्युनिटि सेन्टर (सामुदायिक केन्द्र )मा नेपाली समुदायको लागि जनवरी १३ देखि मार्च १६ सम्म हरेक शनिबार खेल्न पाइने भएको छ ।

अर्थात् नेपाली समुदायले गरेको पहलको कारण करिव २ महिना सम्म हाललाई नेपाली खेलाडीहरुले खेल खेल्न पाउने छन् । तर त्यसको लागि उमेर सीमित गरिएको छ । बास्केटबलको नि :शुल्क शिविर अर्थात् फ्रि क्याम्प भएकोले ८ बर्ष देखि १६ बर्ष उमेरका इच्छुक सबैले सहभागी जनाउन पाउने छन ।

करिव २ महिना समय अवधिको लागि नेपाली समुदायको लागि यो सुर्वण अवसर भएको गैर मुनाफा सामाजिक संस्था टेन्डर हर्ट्स फाउनडेसनकि प्रमुख प्रभा भट्टराई देउजाले ईनेप्लिजलाई बताइन ।

यसमा सहभागिता हुन् स्क्यान समेत गर्न सकिने छ । खेल समय १०:४५ देखि ११:४५ सम्म खेलमा सहभागिता जनाउन सकिने उनले बताइन ।

बिस्तृत जानकारी लिन प्रभा देउजा भट्टराईसंग सम्पर्क गर्न सकिनेछ । यस क्षेत्र बसोबास गर्ने अभिभावकहरुले आफ्ना छोराछोरीलाई खेलमा सरिक र सहभागिता जनाउन चाहेमा प्रभा भट्टराई देउजालाई सिधै सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया