डिआईजी बोहराको नेतृत्वमा समाज रुपान्त्रणका सकरात्मक अभियान थालिदै ,अपराध न्यूनिकरण,

वीरेन्द्र रावल २०८० पुष २५ गते ११:३२ मा प्रकाशित

लागुऔषध दुव्र्यशनीमा अक्रामक रुपमा प्रहरी युनिटहरु परिचालित गरिएका छन् :डिआईजी बोहरा

धनगढी,पुष २५÷ गरिवी,बेरोजगारी,अशिक्षाका कारण सुदूरपश्चिम प्रदेशमा बढ्दै गैरहेका अपराधिक गतिविधीलाई न्यूनिकरण गर्न सुदूरपश्चिम प्रदेश प्रहरीले बिशेष सुरक्षा योजना अगाडी सारेको छ ।

बिगत लामो समयदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा बढ्दै गैरहेको हत्या,हिंसा, बलात्कार देखि लिएर विभिन्न खालका सामाजिक विसंगति र विकृतिको जरो उखेल्नका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले आफ्नो मातहहतका सबै सुरक्षा संयन्त्रहरुलाई व्यापक रुपमा अगाडी बढाएको छ ।

हर प्रहर,गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेश प्रहरीेले समुदायमा — प्रहरी साझेदारी कार्यक्रमलाई तिब्र रुपमा अघि बढाएको देखिन्छ ।

शान्तिपूर्ण एवं सुरक्षित समाजमका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले सामाजिक कार्यलाई तिब्रता दिन थालेपछि सुदूरबासीहरुको प्रहरी प्रति केहि हदसम्म भएपनि आशा पलाएको छ ।

सुदूरपश्चिममा सबै भन्दा ठूलो विकृतिका रुपमा फैलिदै गएको लागु औषध कारोबार, त्यसको रोकथाम, न्यूनिकरणका लागि प्रहरीले प्रदेश स्तरमै उदाहरणीय कार्यहरु गरेको छ ।

लागु औषध बिरुद्धका महाअभियान २०७९ बालबालिकाको आधारभूत सुरक्षा बारे जानकारी गराउँदै नेपाल प्रहरीले सुदूरका सबै बस्ती बस्तीमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरिरहेको कुरा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमूख डिआईजी भरत बोहराले जानकारी दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेश उत्तरमा चीन र पश्चिम दक्षिणमा भारतीय सीमा नाकासंग जोडिएकाले पनि विभिन्न खालका अपराधिक क्रियाकलाप ह्ुन सक्ने भएकाले सुरक्षा संवेदनशीलता बढाउन जरुरी रहेको कुरा डिआईजी भरत बोहराले बताउनु भएको छ ।

सुदूर पश्चिम प्रदेशमा बझाङ, कैलाली ,कञ्चनपुर र दार्चुला जिल्लाका विभिन्न् खुल्ला नाकाहरुबाट अपराधिक क्रियाकलाप, मानव तस्करी, लागुऔषध, जडिबुटी ,खनिज ,लगायत विभिन्न खालका महत्वपूर्ण प्रतिबन्धीत बस्तुहरुको ओसार पोसार हुन सक्ने भएकाले पनि सुदुरपश्चिम सुरक्षाका हिसावले निक संवेदनशील क्षेत्रका रुपमा हेरिएको कुरा डिआईजी बोहराले बताउनु भएको छ ।

सिमित साधन स्रोतका बाबजुद पनि सुदूरपश्चिम प्रदेश प्रहरीले नागरिकको सुरक्षा, लागुऔषध कारोवारी देखि प्रयोगकर्ताको न्यूनिकरण लगायतका कार्यहरुलाई अगाडी बढाएको कुरा डिआईजी बोहराले बताउनु भएको छ ।

सुदूरपश्चिममा आफु आईसकेपछि २०८० अभियान अन्तरगत सप्लाई कन्ट्रोल,डिमाण्ड कन्ट्रोल, सचेतनताका कार्यक्रमहरु ,काउन्सीलिङ,आस्था सुधार केन्द्र लागयतका अभियानलाई अगाडी बढाएकोपनि डिआईजी बोहराले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा व्याप्त र सबै भन्दा ठूलो चुनौतिको रुपमा रहेको लागु औषधको कारोवारमा संलग्न ८०० को संख्यामा रहेका प्रयोगकर्ताहरु र कारोवारीमाथी कारवाही चलाइएको पनि डिआईजी बोहराले बताउनु भएको छ ।

यसका साथ साथै सुदूरपश्चिममा बढ्दो लागु औषधकाकारण आम परिवार, समाज आक्रान्त् भैरहेको अवस्थामा लागु औषध प्रयोगकर्ताहरुलाई पूर्ववत अवस्थामा फर्कान र उनिहरुलाई रुपमान्तत्रण गर्न सकियोस् भन्नका लागि पनि धनगढी उपमहानगपलिका वडा नम्बर ८ मा बहुउद्देश्यीय सुधार केन्द्रको स्थापना गरिएको समेत डिआईजी बोहराले बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक सञ्चालनमा ल्याइएको सुधार गृहबाट लागु औषधमा लागेका र अभिभावकले कुलतबाट आफ्ना बालबालिकालाई बचाउनका लागि निर्माण गरिएको सुधार गृहले समाज सुधारमा ठूलो योगदान दिन सक्ने समेत डिआईजी भरत बोहराले बताउनु भएको छ ।

सुदूरपश्चिममा व्यापक रुपमा बढ्दै गैरहेको लागु औषध कारोवार देखि लिएर विभिन्न अपराधिक गतिविधीलाई सुक्ष्म ढंगले अध्ययन गर्नका लागि डेनी स्वाँरको नेतृत्वमा आरुआइटीको टिम सक्रियताका साथ लागि परेको समेत डिआईजी बोहराले जानकारी दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमूखका रुपमा जिम्मेवारी सम्हालेर आएपश्चात आपुले प्रदेशको समग्र प्रहरीमा फेरबदल, सुधार, देखि लिएर गलत गर्ने प्रहरी कर्मचारीलाई समेत कारवाहीको दायरामा ल्याउने कार्यलाई तिब्रता दिएको पनि डिआर्यजी बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो—सुविधा सम्पन्न ठाउँमा लामो समयदेखि जरा गाडेर बसेका त्यस्ता कर्मचारीलाई सरुवा गर्ने, रमाना नबुझेर बसेकालाई कार्यथलोमा गएर तत्काल खटिनका लागि निर्दशन दिएर काम पनि अघि बढेको डिआईजी बोहराको भनाई छ ।
डिआईजी बोहराले भन्नु भयो— आफुले सुदूरपश्चिममा कार्यरत सबै अधिकृत देखि परिचर सम्मका कर्मचारीलाई विना भेदभाव योग्यता र क्षमताका आधारमा खटाउने कार्य समेत ग्रिएको बताउनु भएको छ ।

सुन्दर सुदूरपश्चिमलाई बिगार्ने र यस प्रदेशको प्रतिपष्ठालाई गुम्न नदिनका लागि आफुले पदीय हैषियतले भ्याए सम्म निस्वार्थ रुपले जिम्मेवारी बहन गर्ने बाचा समेत लिएर काफ्नो कर्तव्य पुरा गरिरहेको समेत बताउनु भएको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया