अस्ट्रेलियाको सिड्नीमा चौँथो संस्करणको माघी महोत्सव आयोजना हुने

इनेप्लिज २०८० पुष २४ गते १२:०२ मा प्रकाशित

बलराम थापा | रकडेल सिड्नी ।

अस्ट्रेलियाको सिड्नीमा चौँथो संस्करणको माघी महोत्सव आयोजना हुने भएको छ । थारु समुदायहरुको महान पर्व माघीको अवसरमा विविध कार्यक्रम सहित अस्ट्रेलियामा छरीएर रहेका थारु समुदायका व्यक्तिहरुले एकै ठाउमा जम्मा भई धुमधामका साथ माघी पर्व मनाउने भएका हुन् ।

थारु सोसाइटीले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि माघी पर्वको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीले जनवरी १५ सोमवार अर्थात (माघ १ ) गते अपरान्ह २ बजे देखि विटलाम पार्कमा विशेष कार्यक्रम आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा थारू लाठी नाच, झुमरा नाच सहितका अन्य थारु समुदायका विभिन्न नृत्य तथा संस्कृतीहरु थारू परिकारहरु मुख्य आकर्षणका रुपमा रहने उनले बताए ।

कार्यक्रममा थारू परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको लगायत विशेष परिकारहरुको विशेष आकर्षण संगै ती परिकारहरुको स्वाद लिन सकिनेछ । थारु समुदायका विभिन्न कला, संस्कृति र मौलिकता झल्किने विभिन्न सांगीतिक, सांस्कृतिक संगै खानाका परिकारहरुको समेत विशेष व्यवस्था हुने भएकाले आयोजकले कार्यक्रममा सहभागी हुन सम्पूर्णलाई अनुरोध समेत गरेको छ । अध्यक्ष दीप नारायण चौधरीले थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बहीनीहरुलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन्

प्रतिक्रिया