बाल्टिमोरको हिन्दु बुद्ध मन्दिरमा आयोजना हुने सप्ताह कार्यक्रमको लागि स्वतः स्फूर्त रुपमा समुदायले लिए कामको जिम्मेवारी

इनेप्लिज २०८० पुष २४ गते ०:२७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डको बाल्टिमोर स्थित नेपालीहरुद्वारा स्थापित हिन्दु बुद्ध मन्दिरमा आयोजना हुने सप्ताह कार्यक्रमको लागि स्वतः स्फूर्त रुपमा समुदायले लिए कामको जिम्मेवारी लिएका छन् । समुदाय एक जुट भै आगामी मार्च ३० देखि अप्रिल ६ सम्म (चैत्र १७ – चैत्र २४ )मन्दिरको प्रांगणमा सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक संत्संग ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” मा सहभागिता जनाई पुरै साथ दिने प्रतिबद्धता गरेका छन् ।

नेपालका प्रसिद्ध वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले सप्ताहमा प्रवचन दिनु हुनेछ ।

गत जनवरी ७ आइतबारका दिन मन्दिरमै सप्ताह समारोहको तयारी र योजना बारे छलफल कार्यक्रममा समुदायका अगुवा ,विभिन्न संघ/संस्थाका प्रतिनिधि ,व्यवसायी,सप्ताह समारोहका आयोजक तथा मन्दिरको लागी स्वयमसेवक रुपमा सेवा पुर्याई रहेका समुदायका सक्रिय नेपाली समुदायहरुको उपस्थिति रहेको थियो ।

सप्ताह समारोहको तयारी र योजना बारे छलफल कार्यक्रममा मन्दिरको तर्फबाट तयारी सम्बन्धी जानकारी दिनुको साथै श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञलाई कसरी सफल बनाउने बारेमा योजना समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा मन्दिरको तर्फबाट समाजसेवी डा श्याम कार्की ,क्रिस घिमिरे ,सृजन ताम्राकार,तरुण पौडेल ,बिष्णु शर्मा ,पण्डित ,लगायतले ५०१ जनाको सदस्य रहेको समितिको साथै थुप्रै उपसमिति बारेमा समेत जानकारी दिएका थिए ।

यसै गरि महाबाणिज्य दुत प्रेम राजा महतले एक जुट हुन् र सप्ताहलाई सफल बनाउन सबैलाई आह्वान समेत गरे । उनले कसैको पनि व्यक्तिगत नभई यो यही समुदायको हो भन्दै मन्दिर निर्माण भएमा हाम्रो लागि गौरव र हाम्रा पुस्ताले आफ्नो धर्म र संस्कृतिको बारेमा ज्ञान पाउने बताए ।

सबैलाई उप समितिमा स्वतः स्फूर्त रुपमा जिम्मेवारी बहन गर्न आग्रह गरे पछि त्यहाँ उपस्थित सबै जसोले जिम्मवार लिएका थिए । उपस्थित सबैले एक ढिक्का हुनु पर्ने ,सबैले हृदय देखि नै सहयोग र साथ दिएमा मन्दिर निर्माण गर्न कुनै समस्या नहुने बताए ।

त्यहाँ उपस्थित अधिकांशले सल्लाह ,सुझाव र रचनात्मक पृष्ठ पोषण (फिडब्याक) दिएका थिए । कार्यक्रम बीच म्याग्दी समाजका अध्यक्ष सहितका सामूहिक रुपमा प्रतिनिधिहरुले मन्दिरको सहयोगार्थ ५ हजार डलर प्रदान गरेका थिए ।

स्मरण रहोस ,बाल्टिमोर, मेरिल्याण्डवासी नेपाली परिवारजनहरुको आफ्नै पहलमा करिव ७ बर्ष अघि थालिएको बुद्ध हिन्दु मन्दिर निर्माणको सुरुवात गरिएको थियो ।

विगतमा जस्तै फ़ेरि एकपटक सम्पुर्ण बाल्टिमोर मेरिल्याण्डवासी नेपाली समुदाय एक भई यस महायज्ञलाई सभ्य र भब्य रुपमा सफल बनाउन मन्दिरका व्यवस्थापनले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया