मुक्तककार नम्रता उप्रेतीको शस्यमञ्जरी लाेकार्पण

इनेप्लिज २०८० पुष २३ गते २३:४३ मा प्रकाशित

हामी र हाम्रो कृति समूहले समूहकाे दशौं कृति कृतिकार नम्रता उप्रेतीको पहिलो मुक्तकसंग्रह शस्यमञ्जरी लाेकार्पण गरेकाे छ।

हामी र हाम्रो कृति समूहका संस्थापक सदस्य हरिप्रसाद गौतमकाे अध्यक्षता, नेपाल मुक्तक प्रतिष्ठानका उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार वियोगी बुढाथोकीकाे प्रमुख आतिथ्यमा कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि वरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे, दियालो साहित्य सरगमकी अध्यक्ष शान्ति शर्मा र साहित्य तथा संस्कृत मञ्चकी अध्यक्ष तारा केसीले कृतिकाे संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

वरिष्ठ समालाेचक प्राडा गोविन्द मानसिंह कार्कीले लोकार्पित कृति शस्यमञ्जरीबारे समीक्षात्मक टिप्पणी गरेका थिए। उनले लाेकार्पित कृति पठनीय र संग्रहनीय रहेकाे बताए।

उक्त कार्यक्रममा समूहका तर्फबाट मदन नेपाल र बद्री उप्रेतीले समूहको उद्देश्य र भावी कार्यक्रमबारे प्रकाश पारेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी र साहित्यानुरागीहरूको उपस्थिति रहेको थियाे।

गजलकार तथा हातेमालो साहित्य संगमकी महासचिव विमला दाहालले सञ्चालन गरेकाे कार्यक्रममा सुभद्रा अधिकारीले स्वागत मन्तव्य दिएकी थिइन्। वियोगी बुढाथोकी, युवराज नयाँघरे, शान्ति शर्मा, तारा केसी, सुनिल अधिकारी र रूद्र अधिकारीले शुभकामना मन्तव्य दिएका थिए। उक्त कार्यक्रममा लव खड्का, विष्णु थापा, सुभद्रा अधिकारी, नवराज पोखरेल ’नवशिला’, पूर्णबहादुर श्रेष्ठ, सरिता थापा मगर, दुर्गा किरण तिवारी, मिना चौलागाई, टेकराज भट्ट, जिज्ञासु तिलक पौडेल, उत्तम विचार ‘सर्जक’, रूद्र अधिकारी, गणेशबाबु अधिकारी, नम्रता उप्रेती, उषा केसी, शान्ति शर्मा, निलाञ्जला भारद्वाज, विनोद खत्री आकाश, पुष्पा धमला, भुवन सिवाकोटी चौघरे र मानन्धर अभागीले लोकार्पित कृतिबाट केही मुक्तक वाचन गरेका थिए।

प्रतिक्रिया