म दीर्घकालीन र दुरदर्शि सोच राख्ने व्यक्ति मध्य एक हो । मैले विक्रम सम्वत २०६४ सालबाट मुलुकको सभासद र सांसदहरू मरे तुल्य बराबर हुन भनेर यत्तिकै श्राद्ध गरेको होइन । आज प्रमाणित हुँदैछ ।
विक्रम सम्वत २०७४ सालमा गाईजात्राको दिनमा हेटौंडामा व्यंग्यात्मक विरोध स्वरुप सभासद र सांसदहरूको श्राद्ध गर्दाको उचारण मन्त्रहरु सहित दृश्यहरु
२०७४ सालस्य प्रधानमन्त्री, मन्त्रीण:, सांसदेन, सभासदह र नेतागणेन गोजात्र श्राद्धम् । हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! हरी ऊँ तत्सत ! काशी काशी हाम्रा नेताले खान थाले दुइ महनीनाको बासी भारत वर्षे भारत खण्डे भारतका उत्तर भागे नेपाल खण्ड मध्य भागे प्रधानमन्त्री, मन्त्रीण:, सांसदेन सभभासदह तथा नेतागणेन राजसंस्थायाम सत्ता च्युत कर्मण निमित्तक मिलेक्ष्य राज्यस्य डलर र पाउण्ड द्रव्य संचित कर्मण दुष्ट चरित्र प्रर्दर्शित हिन्दु राष्ट्र एवं हिन्दु धर्म विनिमय कर्म करिश्यते, ०६२०/६३ संवत सरेण जनआन्दोलन पश्चात लोकतन्त्रेन, प्रजातन्त्रेन, गणतन्त्रेन दुरुपयोग प्रर्दर्शित, संविधान निर्माण कर्मणेन नृत कर्मस्य राज्यस्य ढुकुटीन खल्ती प्रर्दश्यामी तथा प्रधानमन्त्री, मन्त्रीणः, सांसदेन तथा नेता मण्डल १९५० को सन्धी मध्य सुगौली सन्धी अन्तर्गत महाकाली सन्धी, टनकपुर सन्धी, गण्डक सन्धी मध्य जो जो प्रधानमन्त्री हुँदै दक्षीण दिशा तिर (अमुक अमुक देश तर्फ) लागे मनोमानी गरी फर्केर आएका नेता मध्य यहाँ आज मिति २०७४ साल श्रावण २४ गते का दिनमा । प्रधानमन्त्री, मन्त्रीण:, सांसदेन तथा नेतागणेन एकमुष्टेन गोजात्र श्राद्धम् ।
१. काँग्रेस्य कोशी र गण्डकी नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
२. एमालेस्य र काँग्रेस्य मिलीजुली महाकाली र टनकपुर नदीनाला हस्तान्तरण भारत तृप्यन्ताम् ।
३. दशगजा अतिक्रमण जस्ता सुस्ता, महेसपुर, कालापानी र लिपुलेक हस्तारन्तरण भारत तृप्यन्ताम् ।
४. संघीयता अफाब सिद्ध तृप्यन्ताम् ।
५. प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले राजसंस्था फाल्ने नाममा डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र (धर्म) बेच्नेहरु तृप्यन्ताम् ।
६. प्रधानमन्त्री, मन्त्री सांसद, सभासद र नेताहरुले ०६२/०६३ को जनआन्दोलन पश्चात लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र को दुरुपयोग गरेकोले तृप्यन्ताम् ।
७. संविधान निर्माणको नाममा राज्यकोष ढुकुटी दुरुपायेग गर्नेहरु तृप्यन्ताम् ।
८. प्रधानमन्त्री , मन्त्री, सांसद र नेताहरु द्धारा प्रदेश नामकरण मुलुक खण्ड खण्ड विभाजन तृप्यन्ताम् ।
९. राष्ट्रघाती र विकाऊ प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु तृप्यन्ताम् ।
१०. प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा राज्यकोष ढुकुटी तृप्यन्ताम् ।
११. गिरीजा, सुशील, प्रचण्ड, बाबुराम भट्टराई, कमल थापा, शेर बहादुर देउवा लगायत सम्पुर्ण मधेशवादी पार्टीस्य संघीयता नाम सम्पूर्ण तराई भु–भाग अमुक अमुक देशे तृप्यन्ताम् ।
१२. सरकारी अस्पतालहरुमा सरकारबाट गरिबका नाममा आउने औषधीहरु तृप्यन्ताम् ।
१३. नेपाल आयल निगम आपुर्ति तृप्यन्ताम् ।
१४. शोषक र सामन्तीहरु द्धारा भारत र नेपाल सिमाना बाँध बाधी सम्पुर्ण जनता डुबानमा परी तृप्यन्ताम् ।
१५. प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरु द्धारा भुकम्प पिडित रकम तृप्यन्ताम्, भुकम्प पिडित तिरपाल तृप्यन्ताम्, भुकम्प पिडित राहत तृप्यन्ताम् ।
१६. सुकुमबासी समाधान आयोग तृप्यन्ताम् ।
१७. प्रधानमन्त्री, मन्त्री सांसद र नेताहरु द्धारा नेपालको २७ वटा उद्योग तृप्यन्ताम् । क्रमश: बिराटनगर जुटमिल तृप्यन्ताम् । भृकुटी कागज कारखाना तृप्यन्ताम् । बाँसबारी छाला जुत्ता तृप्यन्ताम् । हेटौंडा कपडा उद्योग तृप्यन्ताम्, । हेटौडा छाला उद्योग तृप्यन्ताम्, । बिरगंज चिनी मिल तृप्यन्ताम् । कृषी औजार कारखाना तृप्यन्ताम् । टिम्बर कार्पोरेशन अफ लिमिटेड तृप्यन्ताम् । जनकपुर चुरोट कारखाना तृप्यन्ताम् । ट्राली बस सेवा तृप्यन्ताम्, । हेटौडा काठमाण्र्डौ रोपवे तृप्यन्ताम् । चौबार सिमेन्ट उद्योग तृप्यन्ताम् । बुटवल धागो कारखाना तृप्यन्ताम् । बालाजु कपडा उद्योग तृप्यन्ताम् । हरि सिद्धी ईंटा उद्योग तृप्यन्ताम् । आदी इत्यादी सरकारी उद्योग र कल कारखानाहरु तृप्यन्ताम् ।
१८. काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गलाई ठगी खाने भाँडो बनाउनेहरु तृप्यन्ताम् ।
१९. निर्वाचन अयोगले निष्पक्ष निर्वाचन गराउन नसकेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
२०. निर्वाचन आयोगले निर्वाचनमा आचारसंहिनता उल्लंघन गर्नेहरुलाई कार्वाही नगरेकोले निर्वाचन आयोग तृप्यन्ताम् ।
२१. स्थानीय तह निर्वाचन पश्चात स्थानीय तहका जन प्रतिनिधी हरु बाट कर वृद्धि गरेकोले स्थानीय निकायहरु तृप्यन्ताम् ।
२२. यो देश बेची लुटेर खाने लुटेराहरु तृप्यन्ताम् ।
२३. सत्र हजार (१७०००) भन्दा बढी सर्वसाधारण नागरिकहरु मार्ने माओवादी हत्याराहरु तृप्यन्ताम् ।
२४. सम्पूर्ण दर्शक बिन्द आ–आफ्नो मुन्टो बटारी गृह प्रस्थानम् इति गोजात्र श्राद्धम् समाप्तम ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया