अनेसासले मनायो छन्दमय लेखनाथ जयन्ती

इनेप्लिज २०८० पुष २२ गते २३:०७ मा प्रकाशित

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले छन्द कविता वाचन गरेर लेखनाथ जयन्ती मनाएको छ । १९९६ साल पुष १५ गते जन्मिएका नेपाली साहित्यमा कवि शिरोमणीका नामले परिचित लेखनाथ पौडेलको यो १ सय ४० औँ जन्मजयन्ती हो ।

कार्यक्रममा होमनाथ सुवेदी, मोहन सिटौला, तीर्थराज अधिकारी, हरि घिमिरे, राजेन्द्र श्रेष्ठ, दुर्गा रिजाल, कोमल भट्ट, गोपाल रेग्मी, परशु तिमल्सिना, गोमा रेग्मी, एन बी अञ्जान, तारा उप्रेती, लालगोपाल सुवेदी, प्रेमप्रसाद भट्टराई, प्रेमप्रसाद पौडेल, पिताम्वर दाहाल,पुष्पराज पौडेल, हिरण्यलाल ज्ञवाली, डा.खगेन्द्रप्रसाद दाहाल,सुदीपभद्र खनाल, रश्मि भट्ट, सिर्जना अर्याल, सन्तोष लम्साललगायतला सिर्जना वाचन गरे । अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रोहिणी शर्मा, प्रमोद सारंग, डा. रेणुका सोलु, निजानन्द मल्ल, कुमार दाहाल, जगन्नाथ पौडेल, सरिता अर्याल, डिली अमाई, पूर्ण बस्नेत, उषा तिवारी, राजेश्वर निरौला, मोहराज शर्मा, गायत्री तिमल्सिनालगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रम अनेसासका महासचिव विमला निरौलाको संयोजनमा भएको थियो ।

प्रतिक्रिया