जनयुद्धकी कमाण्डरले नै चिनिनन् प्रचण्डलाई,पन्ध्रौं दिनदेखि भोकै छोराछोरीको भयो बिचल्ली (भिडियो सहित)

इनेप्लिज २०८० पुष २२ गते ११:५२ मा प्रकाशित

सिन्धुपाल्चोककि विनिता लामा १५ दिन देखि भोक भोकै छिन् । उनै पौषकि पहिलो साता नारी टेलिभिजन पुगेकी थिईन। आफू श्रीमान बाट वर्षौं देखि पीडामा सहेर बाची रहिछन् । उनलाई अहिले नत श्रीमानले हेरेका छन् नत उनका घर परिवारले नै, उनै १७वर्षको उमेरमा माओंबादी जनयुद्धमा समाबेश भईन। आफुलाई मार्ने धम्की दिदै युद्ध जान बाध्य बनाएको उनेले नारी टिभीको माईतीघर कार्यक्रममा बताएकी छिन् ।

जनयुद्धको लडाईमा परेर उनको एउटा हात नचल्ने अवस्थामा छ। सरकारले जनयुद्धमा अङ्गभङ्ग भएकाहरुलाई राहतको व्यवस्थापन गरे पनि अहिले सम्म विनिताले राहत पाएकी छैन। सानै उमेरमा विवाह गरेकी विनिताको एक छोरी र छोरा छन् । जब उनको छोरा गर्भमा भएको थाहा भयो श्रीमानलाई तब बाटै उनलाई गर्भधारण गर्न बार बार यातना दिन थाले ।

एक आमाले कहिले पनि आफ्नो सन्तानलाई मार्ने आट आउदैन र सक्दिन पनि छोरालाई जन्म दिएकै कारण अहिले उनका श्रीमान उनको साथमा छैन् । अहिले पनि उनलाई मार्ने धम्की दिन्छन् । अहिले उनलाई साथ दिने कोहि पनि छैनन् । जब उनै नारी टेलिभिजन आईपुगी आफ्नो दुख आफुले सरकार भोगेका र श्रीमान बाट आएका धम्की सबै पोखिन।

उनलाई अहिले केही रकम माईतिघर कार्यक्रममा उनले पोखेका दुख अनि संघर्षको पिडा हेररे सहयोगी मनहरुले केही रकम दिएका छन् । त्यही रकम बाट उनको केही दिनको भोक त मेट्ला तर जिन्दगी जिउने आधार अझै बनेको छैन । त्यसिले अहिले उनका श्रीमानलाई खोजेर आफ्नो न्यायको प्रक्रिया अगाडी बढाउन उनले अपिल गरेकी छन् ।

प्रतिक्रिया