मेरिल्याण्डमा पहिलो पटक घर खरिदकर्ताहरुले पाउने सुबिधाबारे जानकारीमूलक कार्यक्रम गरिने भएको छ ।
मेरिल्याण्ड यही आउदो जनवरी २८ आइतबार अपरान्ह १२ः३० बजे देखी २ः३० बजे सम्म बाल्टीमोर स्थित फ्यामेली किचेन नामक चमेना गृहको सभा हलमा मेरिल्याण्डमा रहनु हुने पहिलो पटक घर खरिद गर्न चाहनु भएका महानुभावहरुलाई अमेरिकी सरकार, राज्य सरकार र स्थानीय काउन्टीबाट प्रोत्साहन स्वरूप दिने नगद साहायता कसरी प्राप्त गर्न सकिन्छ भन्ने एकदमै महत्वपूर्ण जानकारी मुलक कार्यक्रम आयोजना हुने भएको छ।
बिगत दुई दशक भन्दा बढी रियल स्टेट क्षेत्रमा अनुभव रहेको भर्जिनिया, डि.सी,मेरिल्याण्डको लाइन्स प्राप्त रियल्टर बासु सत्यालद्वारा संचालित यति रियल्टी स्टेट ब्रोकरेज कंपनी हो। बासु सत्याल रियल स्टेटको साथ साथै अन्य बिभिन्न ब्यबसायमा समेत आबद्ध हुनु हुन्छ र सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान पुराउदै आउनु भएको छ। कार्यक्रमको आयोजना यति रियल्टीले गर्दैछ ।
पहिलो पटक मेरिल्याण्डमा आयोजना गर्न गैरहेको यस अभिमुखीकरण कार्यक्रमको होस्ट यति रियल्टीमा आबद्ध रियल स्टेट लाइसन्स प्राप्त रियल्टर राहुल केसी ले गर्नेछन् ।
राहुल केसी नेपाली चलचित्रका नायक तथा कलाकार हुन । अहिले नेपाली कलाकारहरुको अन्तर्राष्ट्रीय संस्था अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज (इनास) अमेरिका राष्ट्रीय समितिका अध्यक्ष समेत हुन।
केसीका अनुसार कतिपयले यो सुबिधा बारे जानकारी नै नभएर र कतिले जानकारी भएता पनि प्रक्रियामा जाने बारे अनभिज्ञ भएर यो सित्तैमा पाउने नगद प्रोत्साहन रकम गुमाउदै आउनु भएको हुनाले यो कार्यक्रम मेरिल्याण्डमा रहनु हुने पहिलो पटक घर खरीदकर्ताको लागी निकै नै उपयोगी रहने बताउनु भएको छ।
कार्यक्रममा नेपालीद्वारा संचालित हाउस इम्प्रुभमेन्ट कम्पनी जि एम पी एल एल सीका संचालक मनीष शर्मा र झाँतो क्रियसनबाट भिडियोग्राफी, फ़ोटोग्राफ़ी पशुपति बस्यालको समेत सहभागिता रहने छ । मिडिया पार्टनरको रुपमा अमेरिकाबाट संचालित सुप्रसिद्ध अंकिय पत्रिका इनेपलिजबाट प्रत्यक्ष प्रसारण समेत गरिने छ ।
ऋण प्रकियाको बिस्तृत जानकारी गराउनलाई ऋण अधिकारी (लोन अफिस)रहरुको समेत प्रत्यक्ष उपस्थिति रहनेछ। सहभागीहरुलाई निःशुल्क चिया,चिसो पेय पदार्थ र खानाको समेत ब्यबस्था रहेको छ ।
इच्छुक सहभागीहरुले तलको फ़ेसबुक इभेन्ट्सको लिंकमा गै उपस्थिति जनाउन सक्नु हुनेछ अथवा माथीको फोन नम्बरमा सम्पर्क गरी नाम टिपाउन सक्नु हुनेछ।
https://www.facebook.com/events/1019316259128910/?ti=ls
प्रतिक्रिया