डिसी क्षेत्रमा गायक सज्जन राज बैद्यले प्रस्तुति दिने ,उत्साहजनक कार्यक्रम हुने अपेक्षा

इनेप्लिज २०८० पुष २१ गते १२:१२ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रको फिल्मोर सिल्भर स्प्रिंग डिसी क्षेत्रमा गायक सज्जन राज बैद्यको एकल प्रस्तुति हुने भएको छ । आयोजकले दिएको जानकारी अनुसार तयारी पुरा भएको र सबैलाई कार्यक्रममा उपस्थितिको लागि आह्वान गरेका छन् ।

उनले टेक्सस र न्यूयोर्कमा बेजोड प्रस्तुति दिई अत्यन्तै सफलतापूर्वक सम्पन्न गरि युवा गायक वैद्य डिसी क्षेत्र आई पुगेका छन् । गत जनवरी ४ र ५ का दिन उनका प्रशंसक ,शुभचिन्तक ,प्रायोजक ,दर्शकहरुले उनलाई बाल्टिमोर र मनाससमा भेट गरे।

उनले सबैलाई भेट दिदै छोटो कुराकानी गर्नुको साथै सबै संग तस्बिर खिच्ने र केही सम्झनाको लागि दर्शक र प्रशंसकहरुलाई कुनै चिजमा दस्तखत समेत गरे । अधिकांशले उनीसँग स्वयमको तस्बिर खिचाउनुको साथै टिकटक र रिलको लागि समेत छोटो श्रब्य दृश्य समेत लिएका थिए ।

आज जनवरी ६ का दिन हुने कार्यक्रम उत्साहजनक दर्शकको अपेक्षा गरिएको छ । गायकले भेटघाटमा दर्शक ,आफ्ना प्रशंसक र सबैसंग अत्यन्तै राम्रो र खुलेर ब्यबहार गरेका थिए । व्यस्त समयको बाबजुद सबैसंग हर्षित मुद्रामा कुराकानी समेत गरेका थिए। भर्जिनियाको मनासस र मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भेटघाटको लागि नै कार्यक्रमको आयोजना गरिएको थियो ।

उनले ईनेप्लिज संगको छोटो अन्तर्वार्तामा सबैलाई उपस्थितिको अलागी आह्वान र अनुरोध समेत गरेका छन् । गायक सज्जन राज बैद्यको उक्त एकल कार्यक्रमको आयोजक ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्ट हुन् ।

गायक वैद्यको यो अमेरिकामा प्रथम प्रस्तुति हो भने अमेरिकामा ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिका बिभिन्न राज्यहरुमा हुने भ्रमणमा ल्याएको हो ।

डिसी क्षेत्रको सिल्भर स्प्रिंगमा हुने उक्त कार्यक्रमको मुख्य शीर्षक(टाईटल)का मुख्य प्रायोजक रियल्टर बिशाल कार्की हुन् । अहिले सम्म डिसी क्षेत्रमा सम्पन्न भएका सबै कार्यक्रम मध्ये कै सज्जन राज वैद्यको कार्यक्रम उच्च राशीको हो ।

सिल्भर स्प्रिंग मेरिल्याण्ड स्थित फिलमोर सिल्भर स्प्रिंगमा आयोजना हुने उक्त कार्यक्रमस्थलको क्षमता २,००० रहेको छ । सज्जन राज बैद्यलाई स्पोटीफाईमा २०२३ को सर्वाधिक लोकप्रिय कलाकारको सूचीमा शीर्ष स्थानमा रहेको देखाएको छ ।

घुमिफिरी यात्रा नामक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा सज्जन राज वैद्यले सबै वर्गलाई त्यतिकै समेट्ने देखिएको छ भने अझ युवावर्गले उनलाई अत्यधिक रुचाएकाले उनको कार्यक्रम अत्यांधिक सफल हुने देखिएको छ ।

यस कार्यक्रमको लागी टिकट मास्टर डटकम मार्फत लिन सकिने छ भने टिकट दर १०३ डलर तथा भिआईपीलाई १४५ डलर राखिएको छ ।

यसै गरि ढोका बेलुका ६ बजे खुल्ने छ भने कार्यक्रम ७:३० बजे सुरु हुने छ । कार्यक्रम करिव २ घण्टाको प्रस्तुति रहने छन् ।

प्रतिक्रिया