दक्षिणी क्यालिफोर्नियाको ठूलो भूभागमा हल्का भूकम्प गएको छ ।
लस एन्जलसमा ४. २ परिमाण ( म्याग्निच्युड)को भूकम्प जनवरी ५ का दिन शुक्रबार अमेरिकाको दोस्रो ठूलो शहरमा व्यापक रूपमा महसुस गरिएको छ ।
लस एन्जलसको पूर्वमा रहेको सानो पहाडी समुदायमा केन्द्रबिन्दु नजिकैको आल्मारी र तखताहरू हल्लिएको एबिसीन्यूजले जनाएको छ । तर ठूलो क्षति तथा चोटपटकको कुनै विवरण प्राप्त नभएको उल्लेख गरेको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले बिहान १०:५५ बजेको भूकम्प लस एन्जलसको मुख्य शहर बीचबाट ४५ माइल (७० किलोमिटर) पूर्वमा सन गेब्रियल माउन्टेन्समा लाइटल क्रिकबाट करिब एक माइल (१ किलोमिटर) उत्तरपश्चिममा केन्द्रित भएको बताएको छ। गहिराई ५.५ माइल (८.८ किलोमिटर) रहेको थियो।
लस एन्जलस क्षेत्रमा पनि ४.१ परिमाण (म्याग्निच्युड)को यस्तै भूकम्प गएको एक हप्ताभन्दा कम समयपछि आएको थियो । नयाँ वर्षको दिनमा पनि पासाडेनामा रोज परेड हेरिरहेका मानिसहरूले महसुस गरेका थिए।
भूकम्पले काचका गिलास तथा अन्य प्यालाहरु समेत मुनि खसि फुटेका छन् । भूकम्पको धक्का लस एन्जलसको केन्द्रबिन्दुमा पनि हल्का रूपमा महसुस गरिएको थियो।
प्रतिक्रिया