लस एन्जलस चिडियाखानामा ५३ वर्षीया पोथी हात्तीलाई घातक सुई लगाई मारियो 

इनेप्लिज २०८० पुष २० गते १७:५१ मा प्रकाशित

लस एन्जलस चिडियाखानामा एक ५३ वर्षीया पोथी एसियाली हात्तीलाई उभिन नसकेपछि घातक सुई दिइएको चिडियाखानाले गत बिहीबार घोषणा गर्‍यो।

चिडियाखानामा रहेका दुई पोथी हात्तीमध्ये एक शान्जी गत मंगलबार राति आफ्नो प्रदर्शनी ठाउँको आँगनमा गएपछि उभिन नसक्ने अवस्थामा फेला परेकी थिइन्।

पशु हेरचाहका कर्मचारी र चिडियाखानाका पशुचिकित्सकहरूले चाँडै प्रतिक्रिया दिए र शान्जीलाई मद्दत गर्न रातभर काम गरे। 

उपलब्ध सबै स्रोत र कर्मचारीहरूको प्रयोगको अतिरिक्त असाधारण प्रयासहरू अन्ततः असफल भए,चिडियाखानाको विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिका अनुसार गत बुधवार पशुलाई सदाको लागि शान्त पार्ने र यूथानाईज(निको नहुने रोगबाट मुक्ति दिन रोगीलाई बिनाकष्ट मार्ने सुई) गर्ने निर्णय गरिएको थियो।

थाइल्यान्डमा जन्मेकी शान्जीले आफ्नो युवावस्था सर्कसमा बिताएकी थिईन ।

सन् १९८३ मा फ्रेस्नो चाफी चिडियाखानामा ल्याईको थियो भने सन २०१७ मा लस एन्जलस चिडियाखानामा सारिएको थियो।

विभिन्न चिडियाखाना, अनुसन्धानकर्ता र संरक्षण समूहहरूले मानव हेरचाहमा महिला एसियाली हात्तीहरूको औसत आयु ४० देखि ५०वर्षको रूपमा अनुमान गरेका छन्। जंगली हात्तीहरू दशकौं लामो बाँच्न सक्छन्।

एसियाली हात्तीहरूलाई लोपोन्मुख मानिन्छ। र ,तिनीहरूमध्ये लगभग ४०,०००  मात्र जंगलमा रहन्छन्। 

शान्जीले पूर्ण जीवन बिताइन् र आफ्नो प्रजातिको लागि राजदूत थिइन् । 

उनिलाई लस एन्जलस चिडियाखानाका कर्मचारी, सदस्यहरू र प्रत्येक वर्ष चिडियाखानामा आउने लाखौं आगन्तुकहरूले धेरै याद गर्नेछन्, बिज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया