दक्षिण कोरियाका विपक्षी नेतालाई पत्रकार सम्मेलनमा आक्रमण , संघन कक्षमा भर्ना

इनेप्लिज २०८० पुष १८ गते १२:१४ मा प्रकाशित

दक्षिण कोरियाका विपक्षी नेतालाई पत्रकार सम्मेलनमा आक्रमणपछि सघन कक्ष (आईसीयू)मा राखिएको दलका अधिकारीहरूले बताएका छन्

गत मंगलबार बुसानमा पत्रकार सम्मेलनका क्रममा ली जे म्युङमाथि आक्रमण भएको थियो ।

दक्षिण कोरियाको डेमोक्र्याटिक दल (पार्टी)का नेता ली जे-म्युङलाई मंगलबार नसाको शल्यक्रिया गरिसकेपछि सघन उपचार कक्षमा अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन्।

दिनमा एक जना मात्रै बिरामीलाई भेट्न सकिने डेमोक्र्याटिक दलका अधिकारीहरूले बताए । बुसान महानगरीय प्रहरीका अनुसार लीमाथि मंगलबार दक्षिण कोरियाको बुसानमा आक्रमण भएको थियो ।

पत्रकारहरूको समूहसँग प्रश्नहरूको जवाफ दिँदै हिँड्दा आक्रमणकारी ली नजिक पुगे र उनको घाँटीमा छुरा प्रहार गरे । त्यसपछि ली भुइँमा ढले।

आक्रमणमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि बुसानको प्रहरी चौकीमा राखिएको छ ।

लीलाई उदग्रबिमान (हेलिकप्टर)बाट सियोल नेसनल युनिभर्सिटी(राष्ट्रिय बिश्वबिद्यालय) अस्पताल लगिएको डेमोक्र्याटिक दलका प्रवक्ता क्वोन चिल-सेउङले मंगलबार बुसान विश्वविद्यालय अस्पताल अगाडि पत्रकारहरूलाई बताए।

गदेओक्दो नयाँ विमानस्थलको स्थलगत भ्रमण गरेपछि पत्रकारको प्रश्नको जवाफ दिने क्रममा लीमाथि आक्रमण भएको हो । आक्रमणकारी हस्ताक्षर (अटोग्राफ)को लागि चिच्याउदै उनी नजिक गए र त्यसपछि उनीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मङ्गलबार पत्रकारलाई जानकारी दिँदै संदिग्ध सन् १९५७ मा जन्मेको व्यक्ति भएको र आक्रमणको वास्तविक अवस्था अहिले अनुसन्धान भइरहेको बताएको छ । संदिग्धले प्रयोग गरेको कथित हतियार करिब १८ सेन्टिमिटर लामो छ र बिधुतिय माध्यम मार्फत किनेको प्रहरीले बताए ।

राष्ट्रपति युन सुक-योलले २०२२ को आम चुनावमा लीलाई पछि पार्दै राष्ट्रपति पदमा विजय हासिल गरेका थिए ।

प्रतिक्रिया