बाल्टिमोर तमु समाजले मुप्रि ल्हो तमु ल्होसार साँझ -२०८० गर्दै ,प्रबिशा अधिकारी लगायतको प्रस्तुति हुने

इनेप्लिज २०८० पुष १७ गते २१:२७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित बाल्टिमोर तमु समाजले मुप्रि ल्हो तमु ल्होसार साँझ -२०८० गर्ने भएको छ ।

शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रममा नेपालकी प्रसिद्ध द भ्वाइस अफ नेपालकी प्रबिशा अधिकारी लगायत अन्य कलाकारहरुको समेत प्रस्तुति हुने भएको छ ।

तमु ल्होसार साँझ -२०८० कार्यक्रम आगामी शनिबार ६ का दिन बाल्टिमोरमा हुनेछ । टिकट दर ४० डलर राखिएको छ भने १२ बर्ष मुनिका सबै बालबालिकाहरुलाई निशुल्क प्रवेश गरिएको छ ।

कार्यक्रम राती ७ बजे देखि मध्ये राती १२ बजे सम्म चल्ने संस्थाका अध्यक्ष दिनेश गुरुङले ईनेप्लिजलाई बताए । उक्त पर्वको दिन साँस्कृतिक कार्यक्रममा अन्जना गुरुङ तमुस्यो ,कन्हैया सिंह ,श्याम तमु ,आभा मुकारुङ्ग राई ,खेम तमु ,मोहन तमु ,रुथमन तमु ,सपना तथा सम्झना तमुस्यो लगायत कलाकारहरुको प्रस्तुति हुनेछ ।

कार्यक्रम १२५ योर्क रोड ,मेरिल्याण्ड २१२०४ ,अमेरिकन लिजन टाउसनमा हुनेछ । अध्यक्ष दिनेश गुरुङले यस क्षेत्रका सबै नेपाली समुदायलाई बिगत बर्ष झैँ अझ ज्यादा सहभागिता सहित उपस्थितिको लागि आह्वान तथा अनुरोध गरेका छन् ।

प्रतिक्रिया