अमेरिकाको टेक्सस राज्यमा नेपालीद्वारा स्थापित तथा संचालित हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )ले दोश्रो चरणको कार्यक्रममा घरबार बिहिनलाई जाडोमा न्यानो कम्मल तथा शयनथैली(स्लिपिङ्ग ब्याग) वितरण गरेको छ ।
डिसेम्बर ३१ आइतबारका दिन एचडीएनपीले टेक्सस राज्यको आर्लिंगटन क्षेत्रमा २०० वटा शयनथैली र कम्मल वितरण गरेको अध्यक्ष तथा संस्थापक देवी डेविड आचार्यले ईनेप्लिजलाई बताए ।
साथै यस वितरण कार्यक्रममा ७ जनालाई बिजेता वस्त्रहरु पनि प्रदान गरियो । साथै कम्मल वितरण तथा शयनथैली(स्लिपिङ्ग ब्याग) कार्यक्रममा खानाको व्यवस्था गरिएको थियो ।
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । स्थापना काल देखि अमेरिकाको टेक्ससको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ ।
साथै त्रैमासिक रुपमा रक्तदान समेत गर्दछ । साथै क्रिसमस र गत थ्यांक्सगिभिङ्ग अर्थात् धन्यवाद दिवसको सेरोफेरोमा घरबार बिहिनलाई बिशेष खाना समेत खुवाउने गर्छ ।
प्रतिक्रिया