दक्षिण कोरियाको राजधानीमा ४० वर्ष यताकै सबैभन्दा ठूलो एकै दिन हिमपात

इनेप्लिज २०८० पुष १५ गते १३:०३ मा प्रकाशित

दक्षिण कोरियाको राजधानीमा गत ४० वर्ष यताकै सबैभन्दा ठूलो एकै दिन हिमपात भएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमा डिसेम्बर महिनामा ४० वर्षभन्दा यताकै सबैभन्दा ठूलो एकै दिनको हिमपात भएको छ। तर तर मौसमसँग सम्बन्धित कुनै घातक घटनाको विवरण आई नपुगेको एबिसीन्यूजले जनाएको छ।

कोरियाली मौसम प्रशासन अनुसार आइतवार सियोलमा अघिल्लो दिन १२.२ सेन्टिमिटर (४.८ इन्च) हिउँ परेको थियो, जुन सन् १९८१ पछिकै सबैभन्दा ठूलो हो।

मौसम प्रशासनले शनिबार सियोलको सम्पूर्ण क्षेत्रका लागि भारी हिउँको चेतावनी सहित सतर्कता अपनाउन जारी गरेको थियो । त्यस पछि हटाइएको थियो। साथै दक्षिण कोरियाका अन्य भागहरूमा पनि शनिबार हिउँ वा वर्षा भएको जनाएको छ।

दक्षिण कोरियाको सुरक्षा सँस्थाले सियोल र अन्य क्षेत्रहरूमा शनिबारको हिउँले यातायात थप्प भएको बताएको छ ।

प्रतिक्रिया