इन्डोनेसियामा शक्तिशाली ५.९ परिमाणको भूकम्प

इनेप्लिज २०८० पुष १४ गते ११:५२ मा प्रकाशित

इन्डोनेसियाको आचे प्रान्तमा ५.९ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ । एबिसीन्यूजका अनुसार हाल सम्म हताहतको कुनै विवरण प्राप्त नभएको समाचारमा उल्लेख गरेको छ ।

इन्डोनेसियाको आचे प्रान्तको एक भागमा शनिबार शक्तिशाली र समुद्रमुनि भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणले ५.९ परिमाण( म्याग्निच्युड)को भूकम्प आचे प्रान्तको तटीय शहर सिनाबाङबाट ३६२ किलोमिटर (२२५ माइल) पूर्वमा १० किलोमिटर (६.२ माइल) गहिराइमा केन्द्रित भएको जनाएको छ।

इन्डोनेसियाको मौसम विज्ञान र भूभौतिक सँस्था (एजेन्सी)ले सुनामीको खतरा नभएको तर सम्भावित पराकम्पनहरूको चेतावनी दिएको छ।

इण्डोनेशिया २७० मिलियन अर्थात् २७ करोड भन्दा बढी मानिसहरूको विशाल द्वीपसमूहमा बारम्बार भूकम्प र ज्वालामुखी विष्फोटहरूबाट प्रभावित हुन्छ।

नोभेम्बर २१ मा आएको ५.६ परिमाण( म्याग्निच्युड)को भूकम्पले पश्चिम जाभाको सियानजुर शहरमा कम्तिमा ३३१ जनाको ज्यान लिएको थियो। करिब ६०० जना घाइते भएका थिए। सन् २०१८ को भूकम्प र सुलावेसीमा सुनामीमा परी ४ हजार ३ सय ४० जनाको ज्यान गएपछि इन्डोनेसियामा यो सबैभन्दा घातक थियो।

सन् २००४ मा एक अत्यन्त शक्तिशाली हिन्द महासागर भूकम्पले सुनामी ल्याउदा एक दर्जन भन्दा ज्यादा देशहरूमा २,३० ,००० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो जसमध्ये अधिकांश इन्डोनेसियाको आचे प्रान्तमा थिए।

प्रतिक्रिया