कोलोराडोकी एक फरार रहेकी महिलालाई छोराछोरीको हत्या गरको आरोपमा पक्राउ पूर्जी जारी गरिएको छ ।
दुई मृत बालबालिकाको शव फेला पारे पछि उनिहरुका आमा संदिग्ध रहेकी र उनी हाल फरार रहेकी छन ।
कोलोराडो स्प्रिंग्सकी ३५ वर्षीया आमा किम्बरली सिंगलरलाई उनको ९ वर्षीया छोरी र ७ वर्षीय छोराको दुई हत्यामा पक्राउ पुर्जी जारी गरिएको कोलोराडो स्प्रिंग्स प्रहरी विभागले बिहीबार पुष्टि गर्यो।
छापा बिज्ञप्ति अनुसार सिंगलरले सुरुमा डिसेम्बर १९ मा पालोमिनो रान्च प्वाइन्टको ५३०० घर समूह( ब्लक) मा रहेको उनको घरमा प्रहरीलाई बोलाएकी थिइन ।
प्रहरीले उनी र उनको ११ वर्षीया छोरीलाई घाइते अवस्थामा फेला पारेका थिए ।
प्रतिक्रिया