अमेरिकाको मेन राज्यमा ट्रम्प २०२४ को लागि रिपब्लिकनका उम्मेदवारहरुको मतपत्रमा नहुने , कोलोराडो पछि मेन उनलाई अयोग्य ठहर गर्ने दोश्रो राज्य

इनेप्लिज २०८० पुष १३ गते ०:३१ मा प्रकाशित

अमेरिकाको मेन राज्यमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२४ को लागि रिपब्लिकनका उम्मेदवारहरुको मतपत्रमा नहुने भएका छन् ।

उनि अयोग्य भएको मेनका सचिवले घोषणा गरेका छन । कोलोराडो पछि मेन राज्य उनलाई प्राथमिक मतपत्रमा अयोग्य ठहर गर्ने दोश्रो राज्य भएको छ ।

मेनका राज्यका सचिव शेन्ना बेलोजले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मेन राज्यको २०२४ रिपब्लिकन प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य भएको निर्णय गरेकी छिन ।

बिहीबार साँझको निर्णयले १४ औं संशोधनको धारा ३ अन्तर्गत जिओपी अर्थात् रिपब्लिकनका राष्ट्रपति पदको उम्मेदवारीबाट ट्रम्पलाई अयोग्य बनाएको छ।

प्रतिक्रिया