अमेरिकाको मिशिगन राज्यको सर्वोच्च अदालतले बुधबार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राज्यको २०२४ को रिपब्लिकन प्राथमिक मतपत्रबाट १४ औं संशोधनको धारा ३ को आधारमा प्रतिबन्ध लगाउने उद्देश्यले अपील अस्वीकार गरेको छ ।
यस निर्णयको अर्थ अब ट्रम्प मिशिगन राज्यमा हुने २०२४ को रिपब्लिकनहरुको प्राथमिक मतपत्रमा रहने भएका छन् ।
मिशिगनको उच्च अदालतले यस महिनाको सुरुमा मिशिगनको अपीलको निर्णयलाई समर्थन गरेको थियो जसले मिशिगन मतदाताहरूको समूहको तर्फबाट फ्री स्पीच फर पिपुलले दायर गरेको पहिलेको अपील अस्वीकार गरेको थियो ।
उक्त समूहले ट्रम्पलाई उनका समर्थकहरूले जनवरी ६, २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणलाई लिएर उनको गतिविधिको आधारमा मतपत्रबाट हटाउन खोजेको थियो र उक्त निर्णयको लगत्तै मिशिगन सर्वोच्च अदालतमा अपील दायर गरेको थियो।
कोलोराडो सर्वोच्च अदालतले गत हप्ता ट्रम्पलाई त्यो राज्यको रिपब्लिकनहरुमा प्राथमिक मतपत्रबाट प्रतिबन्ध लगाउन ऐतिहासिक कदम चालेको केही दिनपछि मिशिगन राज्यमा यो निर्णय आएको छ ।
एफएसएफपीले मिशिगन सर्वोच्च अदालतको निर्णयबाट “निराश” भएको बताएको छ। एक विज्ञप्तिमा उच्च अदालतले मुद्दामा अगाडि बढेका कानूनी सिद्धान्तहरू सम्बन्धी धेरै प्रश्नहरूमा नगरेको जनाएको छ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा खुसी हुँदै मिशिगन सर्वोच्च अदालतको फैसलाको उत्सव मनाएको एबिसीन्यूजले समाचार लेखेको छ ।
प्रतिक्रिया