एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मुद्दामा कोलोराडोका न्यायाधीशहरूलाई हिंसात्मक धम्कीका सूचनाहरु आएपछि अनुसन्धान गरिरहेको बताएको छ ।
एफविआईले कोलोराडोमा कानून प्रवर्तन( प्रहरी) अधिकारीहरूसँग काम गरिरहेको सिएनएनले जनाएको छ ।
गत हप्ता ट्र्म्पलाई कोलोराजो राज्यको २०२४ को राष्ट्रपतिको मतपत्रबाट हटाउन आदेश दिए पछि यस्ता धम्कीहरु आएका हुन।
एफबीआईका अधिकारी विक्की मिगोयाले सोमबार सीएनएनलाई दिएको बिज्ञप्तीमा भने हामी उत्प्रेरणाको पर्वाह नगरी चरमपन्थी विचारहरू प्रयोग गर्ने व्यक्तिले गरेको कुनै पनि धम्की वा हिंसाको प्रयोगको अनुसन्धानलाई कडाइका साथ अगाडि बढाउँछौं।”
कोलोराडो न्यायिक शाखाका प्रवक्ताले न्यायाधीशहरूलाई दिएका धम्कीको सूचनामा शाखाले टिप्पणी नगर्ने बताए । कोलोराडो राज्य गस्तीका प्रवक्ता मय ट्रोपर ग्यारी कटलरले न्यायाधीशहरू विरुद्ध कुनै पनि धम्की स्थानीय अधिकारीहरूले हेर्ने बताए ।
प्रतिक्रिया