अध्यावधिक गरिएको : चीनको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४९ पुग्यो ,२ जना अझै बेपत्ता

इनेप्लिज २०८० पुष ९ गते १२:०६ मा प्रकाशित

अध्यावधिक गरिएको : चीनको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४९ पुगेको छ भने २ जना अझै बेपत्ता भएका छन् ।

चीनको उत्तरपश्चिमी भागमा गएको हप्ता गएको भूकम्पपछि दुई जना अझै बेपत्ता भएसँगै चीनमा वर्षौं यताकै शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

डिसेम्बर १८ मा गान्सु र किङ्हाइ प्रान्तहरू बीचको दुर्गम पहाडी क्षेत्रमा गएको ६.२ परिमाण(म्याग्निच्युड)को भूकम्प आएको थियो ।

राज्य प्रसारक सीसीटीभीले सोमबार छिङहाईको डोङहाइ शहरमा मृत्यु हुनेको संख्या बढेर ३२ पुगेको र उद्धारकर्ताहरूले अझै दुई बेपत्ता व्यक्तिको खोजी गरिरहेको बताए। छिमेकी गान्सुमा अधिकारीहरूले ११७ जनाको मृत्यु भएको जानकारी दिएका थिए। चीनमा ९ वर्ष यताकै सबैभन्दा घातक भूकम्पमा झण्डै १ हजार घाइते भएका छन् भने १४ हजारभन्दा बढी घर ध्वस्त भएका छन् ।

गान्सुको जिशिशन काउन्टीका प्राथमिक विद्यालयहरूले सोमबार पालमा कक्षाहरू पुनः सुरु गरेका छन् । भूकम्पपछि ८७ हजारभन्दा बढी मानिसलाई पुनर्वास गरिएको छ ।

भूकम्पका कारण कृषि र मत्स्यपालन उद्योगमा करोडौं डलर बराबरको आर्थिक क्षति भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया