डिसीको राष्ट्रिय उद्यान(नेसनल पार्क) नजिक गोली चल्दा २ जनाको मृत्यु, २ जना गम्भीर घाइते

इनेप्लिज २०८० पुष ६ गते १२:१२ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको राष्ट्रिय उद्यान (नेसनल पार्क ) नजिक गत बिहिबार गोली चल्दा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएको एनबिसीवाशिंगटनले जनाएको छ ।

प्रहरीले चोरी भएको हुन् सक्ने गाडीको व्यापक खोजी गरि रहेको जनाएको छ ।

पीडितहरूलाई दिउँसो ठीक १२ बजे अघि गोली चलाइएको थियो जब उनीहरू डिसीको दक्षिणपश्चिम स्थित फ्रेन्डली फूड मार्केट( फलफुल बजार) नामक पसल बाहिर चोकमा उभिई रहेको समयमा गोली चलाईएको प्रहरीले बताए ।

प्रत्यक्षदर्शीहरूले एनबिसीवाशिंगटनले बताए अनुसार एउटा चोरीको गाडी (जीप )पसल बाहिर लुकाईएको थियो । उनले समूहमा गोली चलेको बताए ।

एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनालाई स्थानीय अस्पतालमा लगियो, जहाँ एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते तथा दुबै पुरुषको अवस्था गम्भीर छ।

प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकको गोली तीव्र र चर्को थियो । पीडितहरूलाई २० देखि ३० वटा गोली चलाइएको थियो। प्रहरीले मारिएकाहरुको नाम भने अझै सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया