नेपालबाट पर्यटक प्रवेशाज्ञा (टुरिस्ट भिसा)को रुपमा टेक्ससको ह्युस्टन आउनु भएकी आमा मधु सुधन अधिकारीको हृदयघातका कारण निधन भएको छ । आज डिसेम्बर १७ ,२०२३ का दिन करिव ५ घण्टा आगाडी स्व अधिकारीकी सुपुत्रीद्वारा गोफन्डमि संचालनमा ल्याइएको छ ।
गोफन्डमिमा स्व अधिकारीकी सुपुत्री रिना अधिकारी तथा ज्वाई भीम गौतमले सयुक्त रुपमा कोष सङ्कलन (फन्ड रेजिंग )गरेका छन् । उक्त गो फन्डको लक्ष्य ७ हजार डलर राखिएको छ भने केवल डिसेम्बर २१ सम्मको लागि मात्र भएको जनाईएको छ ।
उनकी छोरीले हाम्रो प्यारी आमा मधु सुधन अधिकारीको हृदयघातका कारण १६ डिसेम्बर, २०२३ मा आफ्नै घर ह्युस्टन टेक्ससमा भएको जनाएकी छिन ।
गो फन्डमा लेखिए अनुसार स्व मधुसुदन अधिकारी मोरङ नेपालको दुर्गम गाउँको भएको उल्लेख गरिएको छ । अमेरिका आएको समयमा अचानक हृदयघात भएकोले अत्यन्तै दुखित भएको छोरीले लेखेकी छिन ।
हृदयघातको साथै आर्थिक बोझको कठोर वास्तविकताको सामना गरिरहेको समेत उनकी सुपुत्रीले उक्त गोफन्ड मी मा लेखेकी छिन । आमा पर्यटक प्रवेशाज्ञामा आएकाले अन्त्येष्टि र अन्तिम संस्कारको खर्च गर्न केही आर्थिक अप्ठ्यारो भएकोले सहयोगको लागि अमेरिकामा बस्ने सबै नेपालीलाई आह्वान गरेकी छिन ।
अन्त्येष्टि बिहीबार दिउँसो १:०० बजे Winford Funeral Home – Northwest (8588 Breen Rd, Houston, TX 77064) मा गरिने छ । छोरी ज्वाई अर्थात् रिना अधिकारी (छोरी) तथा भीम गौतम (ज्वाई)ले सबैमा सहयोगको अनुरोध गरेका छन् ।
सहयोग गर्न यहाँ थिच्नु होला : https://www.gofundme.com/f/fundraiser-organized-by-bhim-and-rina?utm_campaign=m_pd+share-sheet&utm_medium=copy_link_all&utm_source=customer
प्रतिक्रिया