भर्जिनियाको तन्दुरी नाइट्समा नयाँ बर्ष २०२४ को पूर्व सन्ध्यामा सांगीतिक कार्यक्रम हुने , प्रवेश शुल्क केवल १० डलर मात्र

इनेप्लिज २०८० मंसिर ३० गते २०:३६ मा प्रकाशित

भर्जिनियाको तन्दुरी नाइट्स चमेनागृह ( रेस्टुरेन्ट)मा अंग्रेजी नयाँ बर्ष २०२४ को पूर्व सन्ध्यामा सांगीतिक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम आगामी डिसेम्बर ३१ का दिन हुने भएको र नेपाली समुदायलाई मुख्य लक्षित गर्दै आयोजना गरिने आयोजक किशोर सुबेदीले ईनेप्लिजलाई बताए ।

अस्त्र एण्ड फ्रेन्ड्सद्वारा आयोजित नयाँ बर्ष उत्सवमा प्रवेश शुल्क केवल १० डलर मात्र राखिएको छ भने सांगीतिक प्रस्तुतिको साथै केसी डान्स सेन्टरको तर्फबाट नृत्यहरु पनि प्रस्तुति गरिने भएको छ ।

१५ दिन अझै समय रहेकोले अन्य थप जानकारी दिदै जाने सुबेदीले बताए । यस क्षेत्रमा बसोबास गर्ने सबैलाई चुलो निम्तो ईनेप्लिज मार्फत दिदै सबैलाई सहभागी हुन् अनुरोध आयोजकले गरेको छ ।

प्रतिक्रिया