अमेरिकाको डिसी क्षेत्रमा चर्चित गायक सज्जन राज बैद्यको धमाकेदार प्रस्तुति हुने

इनेप्लिज २०८० मंसिर ३० गते १५:५२ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा चर्चित गायक सज्जन राज बैद्यको धमाकेदार प्रस्तुति हुने भएको छ । आगामी नयाँ बर्ष २०२४ को सुरुवातसंगै जनवरी ६ शनिबार का दिन डिसी महानगर क्षेत्रको मेरिल्याण्डको सिल्भर स्प्रिंगमा भब्य सांगीतिक कार्यक्रमको आयोजना हुने भएको आयोजकले जनाएका छन् ।

गायक सज्जन राज बैद्यको उक्त एकल कार्यक्रमको आयोजना ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्टले आयोजना गर्ने भएको छ । आयोजकका तर्फबाट अभिजित राईले दिएको जानकारी अनुसार उनको कार्यक्रम सुरु हुनु अगाडी नै उनको आधा भन्दा ज्यादा टिकट बिक्री भै सकेको बताए ।

आयोजकको तर्फबाट राईले यस क्षेत्रमा भएका संगीतप्रेमी , उनलाई मन पराउने प्रशंसकहरु तथा नेपाली समुदाय सबैलाई अग्रिम रुपमा टिकट लिन आह्वान गरेका छन् । गायक वैद्यको यो अमेरिकामा प्रथम प्रस्तुति हो भने अमेरिकामा ठमेल न्यूयोर्क नामक संस्थाले उनलाई अमेरिका बिभिन्न राज्यहरुमा हुने भ्रमणमा ल्याएको हो ।

डिसी क्षेत्रको सिल्भर स्प्रिंगमा हुने उक्त कार्यक्रमको मुख्य शीर्षक(टाईटल)का मुख्य प्रायोजक रियल्टर बिशाल कार्की हुन् । अहिले सम्म डिसी क्षेत्रमा सम्पन्न भएका सबै कार्यक्रम मध्ये कै सज्जन राज वैद्यको कार्यक्रम उच्च राशीको हो ।

सिल्भर स्प्रिंग मेरिल्याण्ड स्थित फिलमोर सिल्भर स्प्रिंगमा आयोजना हुने उक्त कार्यक्रमस्थलको क्षमता २,००० रहेको छ । सज्जन राज बैद्यलाई स्पोटीफाईमा २०२३ को सर्वाधिक लोकप्रिय कलाकारको सूचीमा शीर्ष स्थानमा रहेको देखाएको छ ।

घुमिफिरी यात्रा नामक कार्यक्रम नाम दिइएको उक्त कार्यक्रममा सज्जन राज वैद्यले सबै वर्गलाई त्यतिकै समेट्ने देखिएको छ भने अझ युवावर्गले उनलाई अत्यधिक रुचाएकाले उनको कार्यक्रम अत्यांधिक सफल हुने देखिएको छ ।

आयोजकको तर्फबाट अभिजित राईले अग्रिम रुपमा टिकट लिन बिशेष आग्रह समेत गरेका छन् । अझ यस बिषयमा जानकारी गराउदै जाने उनले ईनेप्लिजलाई बताए ।

यस कार्यक्रमको लागी टिकट मास्टर डटकम मार्फत लिन सकिने छ भने टिकट दर १०३ डलर तथा भिआईपीलाई १४५ डलर राखिएको छ । यसै गरि ढोका बेलुका ६ बजे खुल्ने छ भने कार्यक्रम ७:३० बजे सुरु हुने छ । कार्यक्रम करिव २ घण्टाको प्रस्तुति रहने छन् ।

टिकट मास्टर डटकम मार्फत लिन सकिने छ : https://www.livenation.com/event/G5vfZ9gGo2Eho/sajjan-raj-vaidya?fbclid=IwAR0Js4eUQzKbTBgQ8_-OnijHvWvzWu_DqbB48yN_NIJeSNqjoVjHsF0pFV4

प्रतिक्रिया