डिसीमा ८५ बर्षिय बृद्धले ८१ बर्षिय पत्नीलाई छुरा प्रहार गर्दा मृत्यु ,प्यानकेक खान नचाहेको भन्दै छुरा प्रहार

इनेप्लिज २०८० मंसिर २९ गते २:०३ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा बसोबास गर्ने ८५ वर्षीय व्यक्तिलाई आफ्नी ८१ वर्षीया श्रीमतीको छुरा प्रहार गरेको अभियोगमा लगाईएको छ

८५ वर्षीय डीसी व्यक्तिले बिहीबार आफ्नी ८१ वर्षीया श्रीमतीले बनाएको प्यानकेक खान नचाहेको भन्दै छुरा प्रहार गरेको अभियोग लगाइएको अमेरिकी वकिलको कार्यालयले जनाएको छ।

गत डिसेम्बर १० मा डिसीको उत्तरपश्चिमको कोरकोरान गल्ली स्थित १३०० घर समूहमा रहेको दम्पतीको घरमा छुरा प्रहारको खबर पाए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

जब प्रहरीहरु आइपुगे उनिहरूले ८१ वर्षीय शारोन श्वार्ट्जलाई चोट लागेको अवस्थामा भेट्टाए। प्रहरीका अनुसार ८५ वर्षीय स्टिभन श्वार्ट्ज पनि घरमै आफैले चोट पटक लगाएको अवस्थामा प्रहरीले फेला पारेका थिए ।

दुबैलाई अस्पताल लगिएकोमा शारोनको मृत्यु भएको प्रहरीले जनाएको छ।

न्यायाधीशले स्टीभनले हत्या गरेको सम्भावित कारण फेला पारे । जनवरी २,२०२४ मा प्रारम्भिक सुनुवाइको लागि पर्खँदै गर्दा स्टीभनलाई बिना धरौटी हिरासत लिइएको अदालतको कागजातहरूले देखाउँदछ भनि एबिसी७ (डब्लुजेएलए )ले समाचार लेखेको छ ।

.

प्रतिक्रिया