मेस्सीले विश्वभकुण्डो प्रतियोगितामा लगाएका ६ वटा गन्जी (जर्सी )न्युयोर्कमा लिलामी हुँदा ७८ लाख डलरमा बिक्री

इनेप्लिज २०८० मंसिर २९ गते १:२० मा प्रकाशित

भकुण्डो खेलका बिश्व कै सर्वोत्कृष्ट तथा वरियता क्रममै शीर्ष स्थानमा रहेका प्रसिद्ध खेलाडी लियोनेल मेस्सीले गतबर्ष सम्पन्न विश्व भकुण्डो प्रतियोगितामा लगाएका ६ वटा गन्जी(जर्सी)हरु न्युयोर्कमा लिलामी हुँदा ७८ लाख डलरमा बिक्री भएका छन् । अर्थात् ७.८ मिलियन डलरमा बिक्रि भएको एबिसीन्यूजले समाचार लेखेको छ ।

गत वर्षको विश्वकपमा अर्जेन्टिनाको विजयी दौडमा फुटबलका सुपरस्टार लियोनल मेस्सीले लगाएका छ वटा जर्सी(गन्जी) बिहीबार ७.८ मिलियन डलरमा बिक्री भएको लिलामी घर सोथेबीले घोषणा गरेको छ।

कतारमा २०२२ मा फिफा विश्वकपमा अर्जेन्टिनाको खेलको मध्यान्तर अगाडी सम्म (फस्ट हाफ)मा लगाइएका कमीजहरूको अन्तिम मूल्य यस वर्ष खेलकुद सम्झनाका वस्तुहरूको लागि सबैभन्दा उच्च मूल्य हो, सोथेबीले बिज्ञप्तिमा जनाएको छ ।

विश्व भकुण्डो प्रतियोगिताको अन्तिम चरण (फाइनल)मा ३–३ गोलको बराबरी खेल्दै फ्रान्सलाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जितेको थियो । बिहीबार समाप्त भएको दुई हप्ताको बिधुतिय प्रणाली मार्फत (अनलाइन )लिलामीको क्रममा सोथबीको न्यूयोर्क मुख्यालयमा गन्जीहरू प्रदर्शन गरीएका थिए।

एबिसीन्यूजका अनुसार बिजेता बोलपत्रदाताको बारेमा कुनै जानकारी जारी नगराईएको समाचारमा उल्लेख गरेको छ ।

सोथेबीका अनुसार लिलामी रकमको एक भाग लियो मेस्सी प्रतिष्ठान (फाउन्डेशन)को सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान दिइनेछ। यो त्यहाँ दुर्लभ रोगबाट पीडित बालबालिकाहरूलाई मद्दत गर्न प्रदान गरिने छ ।

हाल एमएलएसमा इन्टर मायामीबाट खेल्ने ३६ वर्षीय मेस्सीले बार्सिलोनामा १७ वर्ष बिताए।

प्रतिक्रिया