जसले राष्ट्रको स्तम्भलाई…………………

इनेप्लिज २०८० मंसिर २८ गते १२:२० मा प्रकाशित

जसले राष्ट्रको स्तम्भलाई उच्च बनाउँछ  

वीर योद्धाको साहसले देश बनाउँछ         

हामी हरेक पल शान्ति सँग बाँचौँ   

देशको सुरक्षा हाम्रो जिम्मेवारी सबैले जानौँ

देश बनाउने कुरामा सबैले विचार गरौँ  

हाम्रो देश स्वतन्त्र छ हामी स्वतन्त्र छौँ 

युद्ध होइन हामीले शान्तिको मार्ग रोज्छौ

 देशको स्वाभिमानको लागि एक भएर अगाडि बढ्न सिकौँ

हाम्रो राजनीतिक भिन्नताले हामीलाई विभाजित गर्नु हुँदैन

हामीले सङ्कल्प गरौँ देशको भविष्य सुरक्षित गर्न

हाम्रो देश हाम्रो राष्ट्र,सबै जना मिलेर बाँचौँ

हामीले प्रेम र भाइचाराको सम्बन्ध निर्माण गर्न सिकौँ

जसले राष्ट्रको स्तम्भलाई उच्च बनाउँछ

वीर योद्धाको साहसले देश बनाउँछ  

गोबिन्द राज ओझा (राजन)        

दिपायल सिलगढी न.पा.२ दिपायल डोटी 

प्रतिक्रिया