डिसी स्थित एक मदिरा पसल अगाडि गोली प्रहार गर्दा २ जनाको मृत्यु ,यस बर्ष डिसीमा २५६ भन्दा बढी हत्या

इनेप्लिज २०८० मंसिर २६ गते १२:२९ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको उत्तरपूर्वस्थित एक मदिरा पसल अगाडि गोली प्रहार गरी २ जनाको मृत्यु भएको छ ।

प्रहरीले संदिग्धलाई खोजी गरिरहेको जनाएको छ । उत्तरपूर्वी डिसीमा रक्सी पसलको अगाडि दुई जना पुरुषलाई गोली हानी हत्या गरिएको एनबिसी४ ले समाचारमा उल्लेख गरेको छ ।

गत सोमबार राती अलिक अबेर उक्त घटना भएको प्रहरीले जनाएको छ। उनीहरुलाई मध्यरात अघि नै डिसीको २३०० को घर समूहको सडकमा गोली प्रहार गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

करिव २० वर्ष उमेर भएको व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको छ । यस वर्ष अहिलेसम्म डिसीमा २५६ भन्दा बढी हत्या भएका छन्। प्रहरी तथ्याङ्क अनुसार गत वर्षको तुलनामा हत्या ३३ प्रतिशत र हिंसात्मक अपराध ४० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया