मेरिल्याण्डको एक लोकप्रिय चमेनागृहलाई बमको धम्की

इनेप्लिज २०८० मंसिर २४ गते १७:४० मा प्रकाशित

मेरिल्याण्डको एक लोकप्रिय चमेनागृहलाई बमको धम्की आए पछि कार्यक्रम रद्ध गरेको छ । मेरिल्याण्ड राज्यको टाकोमा पार्क शहरस्थित चमेनागृहले आयोजना गरेको ड्र्याग ब्रंच कार्यक्रम रद्ध गर्न बाध्य भएको थियो ।

चमेनागृह तथा मधुशाला सहितको उक्त भोजनालयले गत शनिबार बिहान ड्र्याग ब्रंच र स्टोरी टाइम नामक (कथा सुनाउने) कार्यक्रम रद्ध गरेको एनबिसी४ ले उल्लेख गरेको छ ।

मोटरक्याट नामक चमेनागृहलाई आफ्ना संरक्षकहरूलाई सुरक्षित राख्न ड्र्याग ब्रंच नामक कार्यक्रम रद्ध गर्न बाध्य पारिएको थियो ,विज्ञप्तिमा भनिएको छ । चमेनागृहले टिकट भएकाहरूले रकम पूर्ण फिर्ता पाउने बताएको छ ।

प्रहरीलाई चमेनागृहको ड्र्याग कार्यक्रममा सहभागीहरूलाई बमको धम्की बिधुतिय डाक (इमेल )गरिएको थियो। प्रहरी विभाग र बम निस्क्रिय टोली तुरुन्तै त्यहा आएका थिए ।

मोटरक्याटले सामाजिक संजाल इन्स्टाग्राम खातामा ड्र्याग ब्रन्च पुन: आयोजना गरिने बताएको छ ।

प्रतिक्रिया