डिसीका एक व्यक्तिले नाबालिगलाई स्न्यापचाट मार्फत अनुचित तस्बिरहरु प्राप्त गरे पछि पक्राउ

इनेप्लिज २०८० मंसिर २४ गते १५:४९ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीका एक व्यक्तिले नाबालिगलाई सामाजिक संजाल स्न्यापचाट मार्फत अनुचित तस्बिरहरु प्राप्त गरे पछि उनलाई पक्राउ गरिएको छ ।

भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी प्रहरीले स्न्यापचाट मार्फत नाबालिगलिई लोभ लालच गरि एक स्थानमा भेट्ने उत्प्रेरणा गरे पछि उक्त मानिसलाई पक्राउ गरिएको छ ।

उनलाई एक नाबालिगको अभियोगसँग सम्बन्धित धेरै गणनाको आरोपहरु लगाईएको छ । गत सोमबार एक नाबालिगका आमाबाबुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार उनीहरूको बच्चाले स्नापचाट अनुप्रयोग (एप )मार्फत “एलेक्स” नामक व्यक्तिसँग कुराकानी गरि रहेको बताएका थिए । धेरै अवैध तस्विरहरू प्राप्त गरेका थिए ।

“एलेक्स” नाम गरेको अज्ञात व्यक्ति वाशिंगटन डिसीका ४८ ब्रायन डोलन भएको पुष्टि भएको छ । बच्चालाई उक्त व्यक्तिले नजिकैको खरिद केन्द्रमा भेट्न मनाउन प्रयास गरेका थिए ।

फेयरफ्याक्स काउन्टी जासूसहरूले डिजिटल (अङ्किय)प्रमाणहरूको अनुसन्धान र समीक्षा गर्न थाले र प्रहरीले उनको पहिचान पुष्टि गर्न सक्षम भएको एबिसी७ ले समाचार लेखेको छ ।

गत बिहीबार फेयरफ्याक्स प्रहरीले डिसी महानगर वाशिंगटन विमानस्थल प्रहरी विभागसँग समन्वय गरी डोलनलाई हिरासतमा लिनको लागि राजधानी क्षेत्रमा आइपुगेको अधिकारीहरूले बताए ।

तस्बिर कृतज्ञता : फेयरफ्याक्स काउन्टी प्रहरी बिभाग

प्रतिक्रिया