नाफा साहित्य साँझ २०८० सम्पन्न

मित्र पौडेल २०८० मंसिर २३ गते २३:५६ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको विस्कनसिन राज्यस्थित म्याडिसनमा रहेका नेपालीहरुको संस्था नेपाली अमेरिकी मैत्री
संघ(नाफा)ले २०२३ डिसेम्बर महिनाको २ तारिखका दिन आयोजना गरेको १७औं साहित्य साँझ कार्यक्रम संगीत सम्राट
न्ह्यू बज्राचार्यको प्रमुख आतिथ्यतामा र नाफाका अध्यक्ष आविष्कार भारतीको सभापतित्वमा सम्पन्न भएको
थियो। उक्त कार्यक्रममा साहित्यकार स्व.विजय मल्लकी सुपुत्रीहरु बन्दना मल्ल,सिर्जना मल्ल र अर्चना मल्लहरुद्वारा
प्रयोजन गर्नु भएको बिजय मल्ल कविता प्रतियोगिता पुरस्कार,समाजसेवी स्व.कृष्णदास मल्लकी सुपुत्री धन मल्ल सुपुत्र
नारायणदास मल्लद्वारा प्रयोजन गर्नु भएको नाफा बाल साहित्य पुरस्कार समेत सम्पन्न भएको थियो।

कविता प्रतियोगिताका लागि निर्णायकहरुमा नेपालबाट कवि विप्लव प्रतीक,कवि राम गोपाल आशुतोष,कवियित्री
प्रेमीला राई तथा अमेरिकाबाट साहित्यकार राजेन्द्र प्रसाद अर्याल,कवी डा.हेमन्त श्रेष्ठ र कवियित्री एवं गीतकार अर्चना
धाख्वाले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो । उक्त कार्यक्रममा २३ जना सहभागी मध्ये १३ जनाले
प्रतियोगितामा भाग लिएका तर्फबाट लेखनाथ काफ्ले प्रथम, पूर्ण श्रेष्ठ द्वितीय र कल्पना रिजालले तृतीय स्थान हासिल
गर्नुभएको थियो। २५ जना बाल बालिकाहरु समेतले ‘तिहार’ बिषयमा सरस कविता वाचन गरेको यस कार्यक्रमको संचालन
मित्र पौडेल, अर्चना धाख्वा, वेलिस्मा श्रेष्ठ र अनित्या द्वाले गरेका थिए। यसै कार्यक्रमको अन्त्यमा वरिष्ठ संगितकार न्ह्यू
बज्राचार्यले सांगितिक प्रस्तुती समेत दिनु भएको थियो। यसै अवसरमा साहित्यकार एवं गीतकार दिनार श्रेष्ठ ‘रनादि’को
‘देशका लागि’ राष्ट्रियगीत लोकार्पण भएको थियो । यस साहित्य साँझका संयोजकमा मित्र पौडेल र पर्वत रेग्मी सहसंयोजक
रहनु भएको थियो।

-मित्र पौडेल

प्रतिक्रिया