मध्य मेक्सिकोमा आपराधिक गिरोह र गाउँलेबीचको झडपमा १४ जनाको मृत्यु ,४ जना घाइते र २ जना बेपत्ता

इनेप्लिज २०८० मंसिर २३ गते १८:२६ मा प्रकाशित

मध्य मेक्सिकोमा आपराधिक गिरोह र गाउँलेबीचको झडपमा १४ जनाको मृत्यु भएको छ।

मेक्सिकोका प्रहरी अधिकारीहरूले दिएको जानकारी अनुसार मध्य मेक्सिकोमा एक आपराधिक गिरोहका बन्दुकधारीहरू र एउटा सानो खेती गर्ने समुदायका बासिन्दाहरू बीचको झडपमा १४ जनाको मृत्यु भएको बताएका छन्।

उक्त झगडामा चार जना घाइते र दुई जना बेपत्ता भएको एबिसीन्यूजले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको झगडाको नाटकीय अङ्कियदृश्य (भिडियो)मा गोठाले ( टोपी काउब्वाई) लगाएका गाउँलेहरू हँसिया र शिकारी राइफल लिएर संदिग्ध गिरोहका सदस्यहरूलाई स्वचालित बन्दुकको विस्फोटको बीचमा लखेटिरहेका देखाइएको छ।

राजधानीबाट करिब ८० माईल (१३० किलोमिटर) दक्षिणपश्चिममा रहेको टेक्सकाल्टिटलानको बस्तीमा झडप भएको हो।

राज्य प्रहरीका अनुसार मृतकमध्ये ११ जना आपराधिक गिरोहका सदस्य थिए भने ३ जना गाउँका बासिन्दा थिए। प्रहरीले गिरोहको पहिचान गर्न सकेको छैन । प्रहरीका अनुसार फ्यामिलिया मिचोकाना लागूऔषध गिरोह एक दशकदेखि उक्त क्षेत्रमा प्रभुत्व जमाउँदै आएको छ।

आक्रमणकारीहरूले सैन्य शैलीको वर्दी लगाएका थिए भने केहीले शिररक्षक (हेलमेट )लगाएका थिए। गाउँलेहरूले आफ्नो शरीर र गाडीमा आगो लगाएको देखिन्छ भनि एबिसीन्यूजले उल्लेख गरेको छ ।

स्थानीय संचार माध्यमका अनुसार फ्यामिलिया मिचोकाना बन्दुकधारीहरू पहिले स्थानीय किसानहरूलाई प्रति एकड (हेक्टर) जबरजस्ती फिरौती शुल्क तिर्न माग गर्दै गाउँमा देखा परेका थिए।

मेक्सिकोमा लागुऔषध गिरोहहरूले लगभग कुनै पनि अवैध वा अवैध व्यवसायबाट पैसा उठाउछन् । जसले भुक्तानी गर्न अस्वीकार गर्छन् तिनीहरुलाई कहिलेकाहीं आक्रमण गर्न खेतहरू र पसलहरू जलाइदिन्छन् ।

फ्यामिलिया मिचकाना प्रहरीलाई आक्रमणको साथै छिमेकी गुरेरो राज्यको टोटोलापन शहरमा सन् २०२२ मा शहरवासीहरूको नरसंहारका लागि परिचित छ। आक्रमणमा शहरका नगर प्रमुख ,उनका बुबा र अन्य १८ जना मानिस मारिएका थिए ।

प्रतिक्रिया