अमेरिकामा  नोभेम्बरमा १९९,००० लाई रोजगारी 

इनेप्लिज २०८० मंसिर २२ गते १७:५४ मा प्रकाशित

अमेरिकी अर्थतन्त्रले गत नोभेम्बर महिनामा १९९,००० रोजगारी थपेको श्रम तथ्याङ्क बिभाग(ब्यूरो)ले शुक्रबार सार्वजनिक गरेको छ ।

 बेरोजगारी दर अघिल्लो महिना ३.९ बाट ३.७ %  घटेको छ । 

अर्थशास्त्रीहरुले अघिल्लो महिनाको लागि १,८०,००० ले रोजगार लाभ र बेरोजगारी दर स्थिर रहने अपेक्षा गरेका थिए । 

गत महिना सबैभन्दा ठूलो रोजगारी स्वास्थ्य सेवा र सरकारमा आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।जसले क्रमशः ९३,२००  र ४९,०० रोजगारी थपेको छ। 

हडताल गर्ने गाडी बनाउने कारखाना (अटोवर्कर्स)को फिर्ताको कारणले पनि उत्पादनले बृद्धि देखाएको छ। 

सबैभन्दा ठूलो गिरावट खुद्रा व्यापार र अस्थायी सहायता सेवा क्षेत्रहरूमा देखा परेको छ भने जस्मा क्रमशः ३८,४०० र १३, ४०० जागिरहरू गुमाएका छन ।

प्रतिक्रिया