“को–हजबेन्ड” र “भाग्यले बाँचेकाहरू”को भर्जिनियामा विशेष प्रदर्शन हुँदै

इनेप्लिज २०८० मंसिर २० गते २३:३५ मा प्रकाशित

नेपालको बहुपति प्रथाका बारेमा निर्मित गणेश पाण्डेको वृत्तचित्र फिल्म “को–हजबेन्ड” र “भाग्यले बाँचेकाहरू” को अमेरिकाको भर्जिनियामा विशेष प्रदर्शन गरिने भएको छ ।

अमेरिका र क्यानडासहित विश्वका बिभिन्न देशमा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जित्न सफल यी वृत्तचित्र नेपाली समाजको आयोजनामा डिसेम्बर ९ तारिख शनिबार १ बजे भर्जिनियाको च्यान्टिलीस्थित कन्फ्रेन्स सेण्टरको हलमा प्रदर्शन गर्न लागिएको हो।

को–हजबेन्ड अहिलेसम्म एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हुम्ला लगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक गणेश पाण्डेले पर्दामा उतार्नुभएको हो ।

यसैगरी, “भाग्यले बाँचेकाहरू” २०७२ सालको भूकम्पमा। चमत्कारिक रूपमा बाँचेका नेपालीहरूको कथा हो । यो वृत्तचित्र फिल्मले विश्वका बिभिन्न देशमा १७ वटा भन्दा बढी उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जित्न सफल भएको थियो ।

कार्यक्रम बढीमा २ घण्टाको हुने आयोजकहरूमध्येका एक विष्णु शीतलले बताउनुभयो ।

प्रतिक्रिया