बाल्टिमोरको हिन्दु बुद्ध मन्दिर” को प्रांगणमा सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक संत्संग ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” हुने

इनेप्लिज २०८० मंसिर २० गते ०:४५ मा प्रकाशित

बाल्टिमोरको हिन्दु बुद्ध मन्दिर” को प्रांगणमा सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक संत्संग ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” हुने भएको छ ।

आउँदै गरेको नवबर्ष सन् २०२४ सालको शुभघडीसँगै यस शुभबर्षको मार्च ३० देखि अप्रिल ५ सम्म (चैत्र १७ – चैत्र २३) बाल्टिमोरको “हिन्दु बुद्ध मन्दिर” को प्रांगणमा बिशाल सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक संत्संग ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” को भब्य आयोजना गर्ने निर्णय भएको छ ।

साथै यसको आवश्यक तयारीका लागि बिभिन्न योजनाहरुमा मन्दिर ब्यबस्थापन समितिले कामहरु अगाडि बढाईरहेको इनेप्लिजलाई बिज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

स्मरण रहोस ,बाल्टिमोर, मेरिल्याण्डवासी नेपाली परिवारजनहरुको आफ्नै पहलमा करिव ७ बर्ष अधि थालिएको मन्दिर निर्माणको यस महाअभियानलाई गन्तव्यसम्म पुर्याई बाँकी रहेका सम्पुर्ण कामहरुलाई समेत पूर्णता दिनका लागि यस आध्यात्मिक महोत्सवले ठूलो सहयोग गर्ने सबैले बिश्वास लिएका छन् ।

विगतमा जस्तै फ़ेरि एकपटक सम्पुर्ण बाल्टिमोर मेरिल्याण्डवासी नेपाली समुदाय एक भई यस महायज्ञलाई पनि सभ्य र भब्य रुपमा सफल बनाउने जिम्मेवारी र अवसर सबैको काँधमा आएको ईनेप्लिजलाई प्रदान गरिएको एक बिज्ञप्तिमा जनाईएको छ ।

अन्य थप जानकारी निरन्तर प्रदान गरिने समेत मन्दिर ब्यबस्थापन समितिले ईनेप्लिजलाई बताएको छ ।

प्रतिक्रिया