इजरायल-हमास युद्ध सुरु भएदेखि ८० % भन्दा बढी मानिस विस्थापित 

इनेप्लिज २०८० मंसिर १८ गते १७:५० मा प्रकाशित

हमास र इजरायलबीचको युद्ध सुरु भएदेखि गाजाको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी लगभग १९ लाख (१.९ मिलियन) मानिसहरु विस्थापित भएको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय निकाय (युएनआरडव्लुए) ले सोमबार जनाएको छ।

गाजा भूभाग क्षेत्रहरुना १५६ वटा युएनआरडव्लुएका सुविधाहरुमा  लगभग १.२ मिलियन ( लाख)आन्तरिक रूपमा विस्थापित मानिसहरू  आश्रय गरिरहेका थिए। 

एक ठूलो बहुसंख्यक लगभग १० लाख मानिसहरू, मध्य र दक्षिण गाजाका खान युनिस र रफाह लगायतका ठाउँहरूमा सुविधाहरूमा आश्रय गरिरहेका छन्।

युएनआरडव्लुएका आश्रयहरुमा औसत संख्या १०,३२६ रहेको छ भने क्षमता भन्दा ४  गुणा बढी भएको बिज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया