इजरायल रक्ष बलद्वारा गाजामा एकै रात विद्यालय सहित २०० वटा हमासका लक्ष्यहरूमा आक्रमण

इनेप्लिज २०८० मंसिर १८ गते १२:०९ मा प्रकाशित

इजरायल रक्ष बल(इजरायल डिफेन्स फोर्स)ले गाजामा एकै रात विद्यालय सहित २०० वटा हमासका लक्ष्यहरूमा आक्रमण गरेको बताएको छ ।

इजरायल रक्ष बलले सोमबार बिहान युद्धविमानहरुले गाजा भूभागमा लगभग २०० वटा जति हमास आतंककारी लक्ष्यहरूलाई रातभरि बमबारी गरेको छ ।

यता इजरायली सेनाहरूले जमीनमा पनि कारबाही जारी राखेका छन् ।

इजरायली भूमि सेनाले गाजाको उत्तरपूर्वी शहर बेइट हानौनको विद्यालय भित्र रहेको “आतंकवादी पूर्वाधार” मा प्रहार गरेको छ । इजरायली लडाकु विमानहरूले “सैन्य पूर्वाधार” र “क्षेप्यास्त्र , गोलाबारुदहरू र हतियारहरू सहितका सवारी साधनहरू” मा प्रहार गरेको एबिसीन्यूजले समाचार लेखेको छ ।

इजरायली भूमि सेनाले “आतंकवादीहरूको चौकी ” र “आतंकवादीहरू बाहिर निस्कने हतियार भण्डारण सुविधा” लाई बम गर्न विमानलाई पनि निर्देशन दिएको आईडिएफले बताएको छ ।

यसैबीच इजरायली युद्धपोतहरूले रातभरि “हमासका धेरै आतंककारी लक्ष्यहरू” मा आक्रमण गरे, जसमा “हमास नौसैनिक बल र गाजा बन्दरगाहमा आतंकवादी पूर्वाधारहरू” साथै “हमास सैन्य घेराहरू” समावेश छन्।

प्रतिक्रिया