बेलायतले हमासद्वारा बन्धक बनाईकाहरुको खोज्न मद्दत गर्न गाजामाथि निगरानी विमान उडाउने

इनेप्लिज २०८० मंसिर १७ गते १२:३० मा प्रकाशित

बेलायतको रक्षा मन्त्रालयले अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आतंककारी हमलामा बन्धक बनाएकाहरूलाई खोज्न मद्दत गर्न गाजामाथि निगरानी उडान गर्ने भएको छ ।

बेलायत सरकारले “अपहरणमा परेका बेलायती नागरिक लगायतका बन्धकहरूको रिहाइ सुरक्षित गर्न अन्य देशहरूसँग मिलेर काम गरिरहेको” बताएको छ।

यसले पूर्वी भूमध्यसागरमा इजरायल र गाजा सहित, कारवाहीको भागको रूपमा निगरानी उडानहरू सञ्चालन गर्नेछ। यीमध्ये कति उडान कहिले र कति हुने भन्नेबारे सरकारले नबताएको समाचार सिएनएनले लेखेको छ ।

“निगरानी विमान निशस्त्र हुनेछ, युद्धको भूमिका हुनेछैन, र बन्धकहरू पत्ता लगाउन मात्र काम गरिनेछ,” विज्ञप्तिमा भनिएको छ, “बन्धक उद्धार सम्बन्धी जानकारी मात्र बन्धक उद्धारको लागि जिम्मेवार सम्बन्धित अधिकारीहरूलाई पठाइनेछ।”

इजरायल र अमेरिकाले केही हप्तादेखि गाजामाथि निगरानी मानवरहित उपकरण उडाउँदै आएका छन् । पेन्टागनले गत महिना यो गुप्तचर, निगरानी र टोही उडानहरू सञ्चालन गरिरहेको बताएको थियो। मंगलबार, पेन्टागनले इजरायल र हमास बीचको अस्थायी युद्धविरामको एक भागको रूपमा उडानहरू “बिराम ” गरेको बताएको छ। शुक्रबार युद्धविराम समाप्त भएको छ ।

प्रतिक्रिया