इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न हमासका सेनापति मारेको दाबी,हमासद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार सुरु

इनेप्लिज २०८० मंसिर १७ गते १:०५ मा प्रकाशित

इजरायलले अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न हमास कमाण्डर (सेनापति )मारेको दाबी गरेको छ ।

इजरायलले हमासको शेजैया गणका सेनापति (बटालियनका कमाण्डर) वेसाम फरहतलाई मारेको इजरायली रक्षा बल र इजरायल सुरक्षा सँस्थाले शनिबार संयुक्त विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

इजरायली वायुसेनाका लडाकु विमानहरूले सेना र सँस्थाको गुप्तचरलाई पछ्याएर शनिबार फरहतलाई मारेको विज्ञप्तिमा भनिएको छ।

आईडिएफ र आइएसएको अनुसार फरहतले अक्टोबर ७ मा नाहल ओजको किबुट्ज र समुदायको आईडिएफ चौकीमा आक्रमणको योजना बनाएका थिए । आक्रमणमा छ आईडिएफ सैनिकहरू मारिएको इजरायलले जनाएको छ ।

इजरायलले युद्धबिराम समाप्त पछि आक्रमण सुरु गरेको छ भने हमासले तेल अवीवमा प्रक्षेपास्त्र (रकेट)को प्रहार गरेको बताएको छ ।

हमासको सैन्य शाखा, अल-क्वासम वाहिनी (ब्रिगेड)ले तेल अवीवतर्फ प्रक्षेपास्त्र (रकेट)हरू सुरु गरेको स्थानीय समय अनुसार शनिबार राति एक विज्ञप्तिमा जनाएको छ।

समूहले यो कारबाही “नागरिकहरू विरुद्ध यहुदी नरसंहार” बिरुद्ध प्रतिक्रियाको रूपमा हो भनि बिज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया