फिलिपिन्समा ७.६ परिमाण(म्याग्निच्युड)को भूकम्प र सुनामीको चेतावनी जारी गरिएको छ । यसै गरि बंगलादेशमा पनि ५.५ परिमाणको भूकम्प गएको छ ।
फिलिपिन्सको दक्षिणी तटमा शनिबार ७.६ परिमाणको शक्तिशाली भूकम्प गएपछि फिलिपिन्सका अधिकारीहरूले सुनामीको चेतावनी दिएपछि मध्यरातमा धेरै गाउँलेहरू आतंकित भएर घर छोडेर भाग्न बाध्य भएका छन्।
राति १० बजेर ३७ मिनेटमा भूकम्प गएको हो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ३२ किलोमिटर (२० माइल) को गहिराइमा ठूलो क्षति वा हताहतको तत्काल कुनै विवरण प्राप्त नभएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
प्रारम्भमा परिमाण र स्थानको आधारमा यसले सुनामी छालहरू दक्षिणी फिलिपिन्स र इन्डोनेसिया, पलाउ र मलेसियाका केही भागहरूमा पुग्ने अनुमान गरेको थियो। तर केन्द्रले पछि सुनामीको चेतावनीलाई हटायो।
बंगलादेशमा भूकम्पको धक्का महसुस भएको ढाकाको दर्जनौं माइल टाढाका बासिन्दाहरूले भवन हल्लाएको बताएका छन् । कुनै क्षति वा चोटपटक तत्काल प्राप्त नभई सकेको एबिसीन्यूजले समाचार लेखेको छ ।
दक्षिण एसियाली राष्ट्रमा बिहान ९:३५ मा ५.५ परिमाण (म्याग्निच्युड)को भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पको गहिराई १० किलोमिटर (६ माइल) थियो भने जसको केन्द्रबिन्दु दक्षिणपूर्वी बंगलादेशी जिल्ला लक्ष्मीपुरको रामगञ्जबाट करिब ८ किलोमिटर (५ माइल) पूर्वमा भएको अमेरिकी भूगर्भ सर्वेक्षणले बताएको छ ।
प्रतिक्रिया