संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीचको युद्ध पुनः सुरु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
“गाजामा फेरि सैन्य कारबाही सुरु भएकोमा म अत्यन्तै दुःखी छु। म अझै आशा गर्छु कि यो स्थापित भएको बिराम नवीकरण गर्न सम्भव हुनेछ। शत्रुतामा फर्किनुले मात्र साँचो मानवीय युद्धविराम हुनु कत्तिको महत्त्वपूर्ण छ भनेर देखाउँदछ, ”गुटेरेसले शुक्रबार सामाजिक संजाल एक्स (X )मा उक्त कुरा प्रकाशन गरेका छन् ।
त्यस्तै संयुक्त राष्ट्रको बाल कोष, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजाको अन्तिम काम गर्ने अस्पतालहरू मध्ये एउटा भित्र अभिलेखन (रेकर्ड) गरिएको अङ्कियदृश्य( भिडियो) सन्देशमा “बालबालिका विरुद्धको युद्ध” भन्ने कुराको निन्दा गरे।
“हामी युद्धको चोटपटक धेरै बच्चाहरुसँग भएको देख्न सक्दैनौं। यो बालबालिका विरुद्धको युद्ध हो,’ उनले भने ।
एल्डरले अगाडी भने यस क्षेत्रमा बम विष्फोट अस्पताल भित्रबाट सुनिएको थियो भने एउटा आक्रमण लगभग ५० मिटर टाढा पुगेको थियो।
प्रतिक्रिया