हिन्दु शब्द हिन्द/ आर्य मूल सिन्धुबाट आएको हो । यसलाई जम्वु दिप ( भारती उपमहादिप) को उत्तरपश्चिम भागमा रहेको सिन्दु नदिको नामसँग जोडिएको भेटिन्छ । संस्कृतमा, सनातन धर्मले लगभग “अनन्त कानुन ” वा कम शाब्दिक रूपमा, “अनन्त मार्ग” लाई अनुवाद गरिन्छ भनेको छ। पाली भाषामा समकक्ष शब्द “धम्मो सनातनो “भनिएको भेटिन्छ । नेपाली भाषामा संस्कृत तत्सम शब्द लाई धर्म ( निष्ठा) को रुपमा धारण गर्ने कार्यलाई प्रयोग गर्ने गरिएको छ / अथवा संस्कृतको अर्थ “कानून” वा अधिक शाब्दिक रूपमा “जुन समर्थन गर्दछ; के दृढतापूर्वक स्थापित गर्दछ त्यसको आधारमा कर्मको धारण /निष्ठाको रूपमा प्रयोग भएको र लिएको मानिन्छ ।वैदिक सनातनमा ऊँ लाई धार्मिक प्रतीकको रूपमा प्रयोग गरिन्छ।
वैदिक सनातनभित्रको एउटा धर्म हिन्दु धर्म मानिएको छ । हिन्दु शब्दले ढाकेको परम्परा र विचारहरूको व्यापक दायराको कारण व्यापक परिभाषामा पुग्न अलि कठिन छ । हिन्दु धर्मले आध्यात्म र परम्परा मान्छ र विचारहरूको विविधता समावेश गर्दछ भन्ने भेटिन्छन् । धर्मको आदेश गर्ने आधिकारिक निकाय छैनन् ।कुनै शासकीय निकाय छैनन् । हेनोथेस्टिक, एकेश्वरवादी,अद्वैतवादी, अज्ञयवादी,नास्तिक वा मानवतावादी जे भए पनि स्वेच्छिक हुने र हुन पाउँने स्वतन्त्रता छ।हिन्दु धर्मलाई धर्म, धार्मिक परम्परा, धार्मिक विश्वासको एउटा प्रकृया र “जीवन पद्धति” को रूपमा परिभाषित गरिएको भेटिन्छ ।
हिन्दु धर्मको सबैभन्दा पुरानो रूप लोक विश्वास हो। यो मान्यताभित्र स्थानीय रुपमा काल्पनिक देवताहरु हुन्छन् । यहि काल्पनिकताको शक्तिलाई देवताहरू भनेर पुजा गर्ने परम्परा छ। यो धर्मको मुल शास्त्र वेद भएको कारण यस्का संस्कारहरू वैदिक शास्त्रहरूमा आधारित छन् । यो धर्म अनुसार प्राचीन ग्रन्थ ऋग्वेद मानिन्छ। यो वैदान्तिक उपनिषदहरूमा आधारित छ र चार वेदहरूसँगै धार्मिक र दार्शनिक ग्रन्थहरूमा योगको दिशालाई पतञ्जलिको योग सूत्रमा प्रस्तुत भक्ति मानिन्छ । हिन्दु धर्ममा भक्तिको मुख्य वैष्णव परम्परालाई मानिन्छ । हिन्दु धर्ममा केन्द्रीय सिद्धान्त छैन र सबै हिन्दु परम्पराहरूको लागि खुला र आधिकारिक तत्वको रुपमा विश्वासलाई मानिएको भेटिन्छ ।
हिन्दू सनातनीहरूले शैव (शिव) वैश्णव ( विष्णु) शाक्त ( देवी) स्मार्ता ( पाँच देवताको काल्पनिक शक्तिलाई धारण गर्न सम्मान गर्न प्रयत्न गर्छन् ।
हिन्दु धर्मले असंख्य दिव्य प्राणीहरूलाई पनि स्वीकार गरेको भेटिन्छ । धेरै हिन्दुहरूले देव शक्तिहरूलाई एकल अवैयक्तिक निरपेक्ष वा परम वास्तविकता वा इश्वरको रूप वा रूपहरू मानेको भेटिन्छ । यसो भन्नुको अर्थ विश्वास गर्नु पनि हो ।
विश्वास : हिन्दु विश्वासका प्रमुख विषयवस्तुहरूमा धर्मभित्र उच्च नैतिकता र कर्तव्यहरू प्रमुख रुपमा जोडिएको भेटिन्छ ।मानवीय आकांक्षाहरूलाई जन्म, जीवन, मृत्यु र पुर्नजन्मको कर्म या कार्यसँग जोडिएको छ।
पुर्नजन्मसँगका कर्महरूको परिणामहरू मोक्षसँग जोडिएको कारण फलको आश जोडिनु हुँदैन भनिएको छ। यस्तो मोक्षको लागि विभिन्न बाटाहरू अपनाउन सक्छन ।
गृहस्थ : गृहस्थ आश्रमको अर्थ हो घरेलु जीवनको सक्रिय अवस्था अर्थात् २५ देखि ५० वर्षसम्मको उमेरलाई गृहस्थ आश्रम भनिएको छ । धर्मशास्त्रहरूमा गृहस्थ आश्रमलाई सबै आश्रमहरूको आधार र महत्त्वपूर्ण आश्रम भनिएको छ ।
गृहस्थको महत्त्व : मनुस्मृतिमा गृहस्थ आश्रमको महत्त्व यस प्रकार बताइएको छ ।
यथा नदीनदाः सर्वे सागरे यान्ति संस्थितिम् । तथैवाश्रमिणः र्वे गृहस्थे यान्ति संस्थितिम् ।।
समुद्र प्राप्त नहुञ्जेल खोला अथवा नदी जमिनमा घुमिरहे जस्तै गृहस्थ आश्रम मानिसहरुको वरिपरि नै घुमिरहन्छ र मोक्षका कर्म गर्नु पर्ने कुरा गृहस्थमा पनि जोडिएको छ । ब्रह्मचर्य आश्रममा सञ्चित ज्ञानलाई यस आश्रममा प्रयोग गरिन्थ्यो भनिएको पनि भेटिन्छ । ।यो आश्रमको दोस्रो अवस्था २५ वर्षपछि सुरु हुन्छ ।यो आश्रम पूरा गर्न विवाहित जीवनका सारा कर्तव्य पुरा गर्नुपर्ने हुन्छ ।यो व्यक्तिगत र सामाजिक जीवनको सम्बन्ध,दान,यज्ञयाग, र कर्मकाण्ड जोडिएको छ।
दीक्षान्त : जीवनका २५ वर्ष ब्रह्मचर्य आश्रममा बिताए पछि गुरुकुलमा दीक्षान्त समारोह गरी विद्यार्थीहरूलाई गृहस्थ आश्रममा गई स्वकर्तव्य पालन गर्न निर्देशन दिइन्थ्यो । तैत्तिरीय उपनिषदमा दीक्षान्त वाक्यलाई यसरी व्याख्या गरिएको छ । ” मातृ देवो भव ,पितृदेवो भव , आचार्यदेवो भव,अतिथि देवो भव ,स्वाधायान्माप्रमद ।
यो आश्रमका कर्तव्यमा विवाह, दाम्पत्य सुख, सन्तान उत्पादन र लालन पालन, धन आर्जन, दान, अतिथि सत्कार,मान्य जनको आदर, यज्ञ गर्नु गराउनु तथा शास्त्र चर्चा जस्ता कुरा पर्दछन्। धर्म शास्त्रहरूमा यज्ञको कर्तव्य गृहस्थलाई भनिएको छ सन्न्यासीलाई होइन। सन्तान उत्पादनबाट तीन ऋणमध्ये एक पितृ ऋणबाट मुक्ति हुन्छ भनिएको छ।
वैदिक सनातनको अर्को बाटो वैराग्य हो । वैराग्यभित्र ज्ञान ,ध्यान, वैभवको त्याग र योग जोडिएको छ । यो पक्षसँग ऋषि,मुनि,सन्त र साधुहरूको जीवनको परिभाषा,कर्तव्य र अधिकार क्षेत्र समेटिएको भेटिन्छ ।
ऋषि : पौरत्स्य परम्परामा ऋषिको अर्थ “द्रष्टा” श्रुति होशास्त्र देख्ने मानिसहरू,वैदिक मन्त्रका प्रथम स्रष्टा तथा वैदिक साहित्यको रचाकार एवं सङ्कलक र संरक्षण गर्ने व्यक्ति ,मुनि,तपस्वी,सात्त्विक र साधनारत जीवन व्यतीत गर्ने साधक,जीवन र जगतका आध्यात्मिक र भौतिक तत्वहरू साक्षात्कार गराउन सक्ने व्यक्तिहरुलाई ऋषिको दर्जा दिएको पाइन्छ ।
ती विशेष व्यक्तिहरू जो आफ्नो असाधारण एकाग्रताको बलमा गहिरो ध्यान र ध्यानको गहिराइमा पुगेर जीवन र जगतको अनुभुतिमा प्राप्त तथ्यहरूलाई संग्रह गर्ने सक्ने क्षमता भएका,मानव वा प्राणीको कल्याणको लागि ध्यानमा देखिएका शब्दहरू लेखेर व्यक्त गर्न सक्ने सामर्थ्य राख्थे ।
ऋषिका बारेमा – ” ऋषयो मन्त्र द्रष्टरः न तू कर्तारह ” अर्थात् – ऋषिहरू मन्त्रका पहरेदार हुन्, रचयिता होइनन्। सृष्टिकर्ता एक मात्र प्रकृति (ईश्वर) हुन्छ /छ ।
माथिको भनाईबाट ऋषि शब्दको अर्थ र सारलाई यसरी बुझ्यो भने सजिलो होला । कुनै पनि मन्त्रको जप गर्नु अघि त्यसको विनियोग अवश्य भनिन्छ।
उदाहरणका लागि, ” अस्य श्री ‘ओम्’ कर स्वरूप परमात्मा गायत्री छन्द : ऋषिः अंतर्यामि देवता अंतर्यामि प्रीतीर्थे आत्मज्ञान प्रत्यार्थे जपे विनियोग :
” ऋषि शब्दको व्युत्पत्ति ‘ऋष’ हो जसको अर्थ ‘देख्नु’ वा ‘दृष्टि शक्ति’ हो। ऋषिको प्रकाशित कृतिलाई आर्ष भनिन्छ। र यो जराबाट बनेको हुन्छ भन्ने मान्यता छ।। यो बाहेकका दृष्टि (आँखा) जस्ता शब्दहरू पनि यही मूलबाट आएको मानिन्छन् ।ऋषिको बारे यस्तो जनविश्वास छ – ऋषिको वास आकाश , अन्तरिक्ष र शरीरमा हुन्छ।
ऋषिहरू मध्येका महर्षि भारद्वाजलाई ऋग्वेदको छैटौं मण्डलका द्रष्टा भनिन्छ । यो मण्डलमा भारद्वाजका ७ सय ६५ मन्त्र छन्। अथर्ववेदमा पनि भारद्वाजका २३ वटा मन्त्र पाइन्छ। वैदिक ऋषिहरूमा भारद्वाज – ऋषिलाई उच्च स्थानमा राखिएको पाइन्छ । भारद्वाजका पिता बृहस्पति र आमा ममतालाई मानिन्छ ।
मुनि : मुनि ( संस्कृत मुनि , “मौन”, “मौना” – पज) – प्राचीन भारतीय ऋषिहरू र सन्यासीहरू वा पौरत्स्य आलोकका तपस्वीहरूका लागि मर्यादा गरि छुट्याइएको एक शब्द हो । मुनिहरूको रुपमा अङ्गिरा,पुलस्य,भृगु,कर्दम आदि व्यक्तिहरू पर्दछन । उनीहरूले त्यो समयमा जीवन र जगतको वजगतमा गहिरो चिन्तन र मनन्को कार्यमा सन्न्यासी जस्तो भएर निरन्तर लागिरहेको कारण तथ्यहरूको प्रत्येक्ष अनुभुति बताउन सक्ने भए ।
सन्त : व्यवहार र भोगविलासमा नअल्झि पुण्यकार्यमा लागेको सज्जन व्यक्तिलाई साधुको दर्जा दिएको पाइन्छ । सन्तले ऋषिहरूले अस्तित्वको सत्यलाई वैज्ञानिक ग्रन्थहरूको आधारमा नभई आत्म-साक्षात्कारको माध्यमबाट पहिचान गर्ने गर्दछन् – भनिन्छ।
साधु : साधु, संस्कृत शब्द हो । यो शब्दको सामान्य अर्थ ‘सज्जन व्यक्ति’ भन्ने हुन्छ ।लघुसिद्धान्तकौमुदीमा यस्तो भनिएको छ ।- ‘साध्नोति परकार्यमिति साधुः’ अर्थात जसले कुनै अर्कों व्यक्तिको कार्य गर्ने व्यक्ति साधु हो !,भनेर उल्लेख गरिएको छ।
आधुनिक समाजमा गेरू वस्त्र धारण गर्नेलाई साधु भन्ने गरिएको छ । वास्तवमा साधुको मूल उद्देश्य समाजलाई पथप्रदर्शन गर्दै कर्मको धारण गर्ने बाटोमा हिडेर जीवनबाट मोक्ष प्राप्त गर्न लगाउनु हो ।साधु सरल प्रकृतिको मानविय स्वभाव भएको मानिस,सांसारिक प्रपञ्च वा सांसारिक विषयको आशक्तिबाट टाढा रहि परमार्थचिन्तनमा जीवन विताउने महात्मा हो ।
साधु,सन्यासी,गण साधना, तपस्या गर्दै वेदोक्त ज्ञानलाई संसारमा फैलाएर आफ्नो जीवनलाई त्याग र वैराग्यमा बिताउँदै कर्म धारण गराउने भक्तिमा विलीन हुन सक्ने क्षमता भएको मानिसलाई भनिन्छ ।हिन्दू र जैन धर्ममा धार्मिक सन्यासी,भिक्षु वा कुनैपनि पवित्र व्यक्ति जसले सांसारिक जीवनलाई त्याग गरिसकेको हुन्छ,उसलाई साधु भन्ने गरिन्छ ।साधुहरूलाई कहिलेकाही वैकल्पिक रूपले चिन्ने अवस्थामा जोगी, सन्यासी वा वैरागी समेत भन्ने गरिएको छ। साधु शब्दको शाब्दिक अर्थ साधु पनि हो। साधु यस्तो व्यक्ति हो जसले साधनाको अभ्यास वा आध्यात्मिक अनुशासनको पालन गरिरहेकोहुनुपर्छ ।साधुहरूको बढी सङ्ख्या योगीको रूपमा रूपान्तरित भएका हुन्छन् / छन् । तर सबै योगी भने साधु होइनन्।
साधुहरू पूर्ण रूपले मोक्ष (मृत्यु र पुनर्जन्मको चक्रबाट मुक्ति), चौथौ र अन्तिम ‘आश्रम’ (जीवनको चरण), ब्रह्मालाई ध्यान र चिन्तनको माध्यमद्वारा प्राप्त गर्नको लागि समर्पित रहेका हुन्छन । साधु प्रायजसो साधारणवस्त्र लगाउने गर्छन्। सांसारिक मोह त्याग गरेर गेरू रङको (आफ्नो धार्मिक पहिचानको लागि)कपडा लगाउछन् । जैन धर्ममा सेतो वा निवस्त्र रहनु नै तिनीहरूको प्रतीक हो। हिन्दू र जैन धर्ममा एक महिला सन्यासीलाई साध्वी वा आर्यिका भन्ने गरिएको भेटिन्छन् । यो शब्द अनुसार महिलाहरूले पनि साधुको रुप धारण गरका छन् ।
सन्त : सन्त यस्तो व्यक्ति हो,जसको अहं अत्यल्प हुन्छ भनिएको छ। सन्त शब्दलाई यसो भन्नुको कारण उनी स्वयंमा विद्यमान अन्तरमनको क्षमता र प्रकृतिको ( इश्वरीय अंश) अनुभव गर्न सक्छ । साथै अन्य व्यक्तिहरुमा विद्यमान प्राकृतिक शक्ति वा ईश्वरीय तत्वलाई देख्न सक्ने क्षमता प्राप्त गरेको व्यक्ति हुनुपर्छ अनि मात्रै साधु कहलाउँछ ।
यसरी धर्म ( धारण गर्ने कुरा) लाई मानवको प्रमुख लक्ष्यले जीवन र ब्राह्मणलाई साधनाको माध्यमले सम्भव बनाउने क्रम र कर्तव्य, धर्मको कानुनमा टेकेर आचरण, सदगुणले “जीवनको सही मार्ग पहिल्याउन ,बाटो समाउन र व्यवहार देखाउन खोजेको छ।
जीवनको अर्थ जीविको पार्जनको मात्रै होइन,व्यक्तिगत,पारिवारिक,सामाजिक आर्थिक र विश्व सम्बन्धसँग चित्तपरिचित हुने दायित्व र आर्थिक समृद्धिका लागि धनको वस्तुगत र सद्गुणको खोज गर्न सक्नुसँग जोडिएर पुरुषार्थलाई जोडिएको छ ।
कामलिलाको चाहना, इच्छा, जोश, लालसा, इन्द्रियको आनन्द, जीवनको सौन्दर्यको आनन्द, स्नेह, अथवा प्रेम र यौवनको अर्थ सहित वा बिना मोक्षको बाटो भक्तिसँग जोडिएकाले मोक प्राप्तिका लागि दुख,कष्ट र संसार (जन्म-पुनर्जन्म चक्र) बाट मुक्तिसम्मको विषय जोडेर जीवनलिलाको अन्त्य खोजिएको भेटिन्छ । यो एस्केटोलोजिकल चक्रबाट मुक्ति खोजिएको जस्तो देखिन्छ । यो पनि एउटा विश्वास हो ।
वैदिक सनातन धर्मले जोडेको अर्को महत्त्वपूर्ण पक्ष पुरुषार्थ हो ।पुरुषार्थको अन्तिम लक्ष्य साधना,त्याग,योग,राजयोग,श्रीमद्भागवत गीता र पतञ्जली योगसुत्रको प्रयोगबाट सिद्धि प्राप्ति गर्नु पनि हो । यो प्रक्रियामा जान ऋषिहरूले दिएका धेरै योग विधिहरू अनुसरण गर्न सकिन्छ ।यसभित्रको भक्ति योगमा प्रेम र भक्तिको मार्ग,कर्म योगमा सहि कार्य,राजयोगमा ध्यानको मार्ग,ज्ञानयोगमा बुद्धिको मार्ग जोडिएको छ ।
सीता ओझा
सञ्चालक
साझा प्रकाशन
[email protected]
प्रतिक्रिया